बेलायत सरकारले भुतपूर्व गोर्खा सैनिकको पेन्सनमा वृद्धि गर्ने

डिसी नेपाल
२३ भदौ २०७८ १८:१९

लन्डन । रक्षा मन्त्रालयले गैरआवासीय नेपाली संघलाई पत्र लेख्दै बेलायत सरकारले भूतपूर्व गोर्खा सैनिकहरुको पेन्सनमा वृद्धि गर्न लागेको जानकारी दिएको छ ।

तर, सन् १९९७ भन्दा पहिला सेवा निवृत्त भएका गोर्खा सैनिकहरुको समान पेन्सनको मागबारे भने पत्रमा उल्लेख छैन । एनआरएन युकेका अध्यक्ष सन्ता गाहा मगरले अगस्ट १६ मा बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई पत्र लेख्दै ब्रिटिस गोर्खाहरुले उठाउँदै आएको समान पेन्सन र समान सुविधाको माग तत्काल सम्बोधन गर्न गर्न आग्रह गरेका थिए ।

मंगलबार उक्त पत्रको जवाफ दिँदै बेलायती रक्षा मन्त्रालयले माग बमोजिम पेन्सन लगायतका सुविधा पुनरावलोकन गर्न सरकार तयार रहेको जनाएको हो ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *