तीज मान्न माइती गएकी तर, अचानक घर बोलाएर किन गरियो हत्या ?

डिसी नेपाल
२३ भदौ २०७८ १९:५६

काठमाण्डौं ।  दुई वर्ष अघिमात्र विवाह बन्धनमा बाँधिएकी एउटी चेलीको निकै रहस्यमय मृत्यु घटना बाहिर आएको छ । रुपन्देही तिलोत्तमा ८ मणिग्रामस्थित ४ नम्बर टोल माइती घर भएकी २७ बर्षीया सीता भण्डारी पौड्यालको आफ्नै घरमा रहस्यमय मृत्यु भएको घटना सार्वजनिक भएको छ ।

४३ बर्षीय टीका पौड्यालकी श्रीमती सीताको आफ्नै घरको कोठामा रहस्यमय मृत्यु भएको घटना मंगलबार माइतीजनले पत्रकार सम्मेलन गरि बाहिर ल्याएका हुन् । भदौ ६ गते तीजसमेत मानेर घर फर्किने गरि माइतीमा आएकी सीतालाई श्रीमान टीकाले भदौ १९ गते दिउँसो घरमा भतिजको बर्थडे छ ‘तिमी घर जाउ म पनि साँझ घर आउँछु’ भनेर पाल्पाबाट फोन गरे । उनले श्रीमानको बचन हार्न नसकी उनी त्यस दिन दिउँसो घरबाट हिँडेका थिए । माइतीले उनी घरबाट हिँडेदेखि राति ९ बजेसम्म माइतीले फोन गरिरहे तर उनको फोन उठ्दै उठेन ।

अर्को दिन एक्कासी अर्को माइतीलाई काम छ भनेर टीकाको घरबाट बोलाइयो । माइतीजन त्यहाँ पुग्दा मुहार रक्ताम्मे अवस्थामा सीताको मृत्यु भइसकेको थियो । उक्त दृश्य देख्न साथ त्यहाँ पुगेका सीताका बाबु आमा बेहोस भई ढले ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *