जर्मनीको लगातार तेस्रो जित

डिसी नेपाल
२४ भदौ २०७८ ८:०४
64
Shares

काठमाडौं। विश्व कपकाे डिफेन्डिङ च्याम्पियन जर्मनीले युरोपेली छनोट खेलमा लगातार तेस्रो जित निकालेको छ । बुधबार रातिको खेलमा जर्मनीले आइसल्याण्डलाई ४-० गोल अन्तरले पराजित गरेको हो।

प्रशिक्षक ह्यान्सी फ्लिकको नेतृत्वमा लगातार तेस्रो जित निकाल्ने क्रममा सर्जी जिनाब्री, एन्टोनियो रुडिगर, लोरेय साने र टिमो वेर्नेरले १/१ गोल गरे।

युरो कपमा इंग्ल्याण्डसँग पराजित भए यता तीन खेलमा फ्लिकको टोली अपराजित छ । बुधबार रातिको समूह ‘जे’को अर्को खेलमा नर्थ मेसेडोनिया र रोमानियाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्।

समूह ‘जे’मा ६ खेलको समाप्तीमा १५ अंकका साथ जर्मनी शीर्ष स्थानमा रहँदा अर्मेनिया ११ अंकका साथ दोस्रो तथा १० अंक जोडेको रोमानिया तेस्रो स्थानमा छ।

नर्थ मेसेडोनिया नाै अंकका साथ चौथो स्थानमा रहँदा आइसल्यान्ड चार अंकका साथ पाँचौं तथा लिचेस्टिन एक अंकका साथ पुछारमा छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *