२ लाख ८६ हजार नगदसहित ६ जुवाडे पक्राउ

डिसी नेपाल
२४ भदौ २०७८ २१:०६

काठमाण्डौं । पोखराबाट ६ जुवाडे पक्राउ परेका छन् । पोखरा ९ पृथ्वीचोकस्थित स्याङजा बुटवल खाजा घरभित्र जुवा खेलिरहेका ६ जनालाई नगदसहित पक्राउ गरिएको हो ।

होटलमा तास खेलिरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले ६ जना जुवाडेलाई २ लाख ८६ हजार ७२० रुपैयाँ नगदसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय कास्कीका डिएसपी एवं प्रवक्ता सुवास हमालले जानकारी दिए ।

पक्राउ पर्नेमा मोरङ ७ घर भई पोखरा ९ नागढुंगा बस्ने तिलक विक, पर्वत मोदी गाउँपालिकाका यामबहादुर लामिछाने, स्याङ्जा बिरुवाका चुनबहादुर थापा, विनोद विक, पर्वत भोर्लेका जितबहादुर गुरुङ र पोखरा लेकसाइड बस्ने वसन्त श्रेष्ठ रहेको डिएसपी हमालले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *