बलिउड चलचित्र सुटिङ स्थल अवलोकन गर्न मनाङमा – Dcnepal

बलिउड चलचित्र सुटिङ स्थल अवलोकन गर्न मनाङमा

काठमाडौं ।  बलिउडको प्रख्यात राजश्री प्रोडक्सनको ब्यानरमा छायंकन हुन लागेको चलचित्र “उंचाई” को छांयकन स्थल अबलोकन गर्न निर्माता निर्दशक सुरज बडाजात्याको टोली अल्टिच्युड एयरको २ वटा हेलिकप्टरबाट भाद्र २१ गते मनाङ पुगेका छन् ।

उक्त टोली २ दिन मनाङमै रहि मनाङ ङिस्याङ गांउपालिका वरपर स्थानको अबलोकन गरेका छन् । २ दिनको अबलोकन पश्चात् टोली बुधबार काठमाण्डौ फर्कि सगरमाथा आधार शिबिरमा पनि सुटिङ स्थलको लागि अबलोकन गर्न जाने नेपालको लागि थ्री वीलर्स फिल्मसका अध्यक्ष लाईन प्रोड्युसर सुरज अचार्यले जानकारी दिएका छन् । मनाङको लोकेशन निकै मन पराएको र मनाङमा १० दिन जतिको सुटिङ हुने नेपालको लागि लाईन प्रोड्युसर सुरज अचार्यले जानकारी दिए ।


मनाङ जिल्ला लगायत नेपालको अन्य स्थानमा पनि सुटिङ हुन लागेको यस चलचित्रमा अमिताभ बच्चन, अनुपम खेर, डेनी डेन्जोङपा, सारिका, बोमन ईरानी, परिणिती चोपडा, आदिको मुख्य भुमिका रहेको छ । २ हप्ता अगाडि पनि यस टोलीले जोमसोम, कागबेनी, लुक्ला, नाम्चे बजार र लाङटाङ क्षेत्रको अबलोकन गरिसकेको छ । कोभिडले गर्दा थला परेको पर्यटन ब्यवसाय यो चलचित्रको सुटिङले मनाङको पर्यटन ब्यवसायलाई धेरै सहयोग पुग्ने र चलचित्र प्रदर्शन पश्चात् मनाङमा भारतिय पर्यटकहरू धेरै आउने सक्ने पर्यटन ब्वसायी बिनोद गुरूङले जानकारी दिए ।

गुरूङका अनुसार यो बलिउड चलचित्र प्रदर्शन पश्चात् मनाङ मात्र नभई सिङगो नेपालकै प्रचार भई नेपाललाई विश्व सामु चिनाउन मद्वत पुग्ने छ ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो