बुढो माझी र जीवन – Dcnepal

बुढो माझी र जीवन

नदी किनारको झाडीमा उसले चरीको आवाज सुन्दछ। जुन चरी भर्खर गुँडबाट निस्किएको थियो की आफ्नो चारो मुस्किलले आफै खान्थ्यो। जतिबेला माझी नदीको बीचमा पुगेको थियो त्यति नै बेला नदीले माथि गाउँबाट बस्ती नै उडाएर ल्याएको थियो। विचार माझी बुढो र पोख्त थियो की उसले आफ्नो डुङ्गा किनारमा उतार्न सक्यो।

जतिबेला त्यो बुढो माझीले जीवनसँग मेल खाने घटना देखेर साह्रै खुसी भयो कि उ रमाउनका लागि नै बाहिर निस्किएको थियो। वर्तमानको साह्रै प्रशंसा गर्ने र विगतका वर्षहरुमा थोरै कुरा सम्झिने बानी परेको थियो उसमा कि उसका छाला र मस्तिष्कको रूप नै बदलिएको थियो।

त्यत्तिकैमा मिर्मिरेको उज्यालो उसको हृदयमा पर्दछ जब तब ऊ आफ्नो पेशामा जुर्मुराएर लाग्यो। जब उसले डुङ्गा किनारबाट नदीमा खियाउन थाल्दछ तब एउटा झ्याउरिएको माछा ऊ नजिक आइपुग्छ।

बुढो माझीले त्यो माछालाई समात्ने प्रयत्न जब गर्छ तब माछो त्यहाँबाट टाढा भाग्दछ जसलाई समात्न नसकेपछि ऊ रफ्तारमा डुङ्गा खियाएर ३ सवार (दया,माया,चेतना) बोकी ऊ एक्लै हिँड्दछ।

अनेकौं टाढा पुगेपछि उसले एउटी नानुलाई भेट्छ र उसले सबारलाई आफ्नो डुङ्गामा चढाउँछ। त्यसैगरी पर पुगेपछि एउटा वयस्क, युवा र छोरो काखमा भएकी महिलासँगकी उसको आफ्नै हजुरआमालाई पनि चढाउँछ।

केही क्षणपछि गाउँले बस्तीमा पुग्दछ जतिबेला हजुरआमा बाहेक सबै ओर्लिन्छन्। उसलाई धन्यवाद र पैसा दुवै दिन्छन्। उसले पैसाजति सबै हजुरआमालाई दिन्छ कि हजुरआमाका आँखाबाट बुढेशकालमा नथामिने आशु झर्दछन्।

पर उसले आगोको निशाना देख्दछ त्यो कुरा हजुरआमाले देख्न सक्नुहुन्न। जब उसले आँधी आउँछ तब उसले डुङ्गा त्यही ठाउँमा रोकी हजुरआमालाई बोकेर ओराल्दछ।

उसले यतिसम्म आगोको राप लिन्छ कि त्यो रापलाई उसले चाहेर पनि भुल्न सक्दैन। केही क्षणपछि आँधी रोकिन्छ र पानीले भस्म बगाएर त कोही हावाले उडाएर लैजान्छ।

जब आँखाबाट आँशु बर्सिन्छन् तब उसले परिवारको बारेमा सोच विचार गर्न थाल्दछ। उसले सम्झेर आफ्ना कुराहरूलाई व्यक्त गर्दछ यसरी ‘जब मेरा बालादिन रमाइलोसँग बितेका थिए म सोच्थें कि मेरा सदाका लागि दिन यस्तै रमाइला छन्।

जसरी घट्टको पँखामा पानीको बहावले गर्दा माछा कहाँ पुग्दा रहेछन् त्यो कुरा मैले बुझ्न सकेको भए मलाई समाजले माझीको पगरिनौ किन गुताइदिन्थ्यो होला र? मेरी श्रीमतीसँग रहेका २ बच्चा, एक छोरा वा एक छोरी किन मबाट टाढा हुनुपर्थ्यो होला र?

एकै थालमा भात खाने तल्लाघरे ठूले र पल्लाघरे साइँलो मसँग किन टाढा हुन्थेहोला र? कैयौँ वर्ष पहिले नदीको किनारमा पुग्दा खेरीको भर्खर चारो खाने चरीको साथ किन गुमाउनु पर्थ्यो होला र? हातमै लागेको डल्फिन किन टाढा हुन्थियो होला र? बुढी हजुरआमालाई किन आगोको मुस्लोमा डढाउनु पर्थ्यो र? ‘मेरो प्रिय मित्र चरी तिम्रो सम्झनामा म एउटा चिठी लेख्दै छु। जुन चिट्ठी माछोबाट आउँदै छ।

प्रिय चरी,

चरी मेरो भाषा बुझ न है, मेरो जीवन खोइ र? सुनेको छु तिम्रो त पखेटा नै छैन रे। आँखाबाट आँसु झार्दै भन्दछः म को हुँ? म कहाँ बाट आए? म कहा जाने हो? म त केबल ३ सबारसँग खाली यात्रा गरिरहेछु। मेरा साना घरका नाना नानीहरु कहाँ गए होलान् म त केबल सम्पर्कविहीन नदीको बलुवामुनिको सुन बनी बसिरहेको छु।

प्रिय चरी, तिमीले त मलाई जीवनमा बिर्सनै नसकिने गुन लगाएकी थियौं, जुन गुन मलाई देखाएको थियौं। त्यो गुनले गर्दा म जिन्दगीभर त्यसैमाथिको यात्रा गरे, गुनको मायाले संसारको भष्म पखाले, बैरीलाई किनारमा पाखा लगाए, मूल्यवान चिजलाई अँगालेर आगोको मुस्लोमा लगी डढाए, अमूल्य चिजमा भेटी चढाए; के गर्नु तिम्रो जीवन नै मेरो बाँच्ने आधार रहेछ।

दुःख त ‘खुल्ला आकाशलाई कपी पृथ्वीका रुखलाई कलम र सागरलाई मसी गराए पनि पूरा हुने रहेनछ’ भन्दै कबितत्मक शैलीमा आफ्ना भावना लेख्छ यसरी,

वैरागी म आँशु पढाए,
चरी तिम्रो लागि भेटी चढाए,
वैरागी म संसार बढाए,
चरी तिम्रो लागि संसार लडाए,

चरी तिम्रो संसारमा बाँच्ने म के तिम्रो पखेटामा प्वाँख भरिदिन सक्छु? तिम्रो लागि भेटी चढाउने म तिम्रो लागि आत्मामा धनुषबाण रोप्न सक्छु। केबल माया नमार है चरी । (आखामा बाढीको दृश्य देखिन्छ।)

बुढोमाझी

बुढोमाझी पहिले माछो देखेको ठाउसम्म राफ्टिङ गर्छ तर त्यो माछोलाई भेट्न सक्तैन।भेट्न नसकेपछि उसले चिट्ठी आफै लिएर जान्छ।त्यो अवस्थामा ऊ त्यहाँ पुग्दा चरीको बिचल्ली देख्छ र आफ्नो छातीमा आफै बाण हान्न पुग्छ।

जब चरीले चिट्ठी पढ्न थाल्दछ त्यतिबेला तिनीहरूको आखामा एउटा दृश्य फेला पर्दछ की बिजुली चम्कन्छ। जब पत्र पढ्दै गर्दा चरीलाई तुफानले उडाएर लैजान्छ।

पानी झै जीवन को तरलतामा रमाउन जानेको अनि माछो देखि मान्छे सम्म को भावनात्मक सम्बन्ध बुझेको माझी आज जीवन भर चढेको डुंगा को काठ ले आज आर्यघट मा आगो को प्रतिक्ष्या गरिरहेको छ। उसको चौरासी बर्सको जीवन मा हजारौ बुषको जीवन बच्नु नै उसको जीवन को सिक्नु पर्ने अद्भुद रहस्य हो।

यसरी हामीहरुले पनि बुढोमाझी ले झै जीवन दर्शन को अनुभूती गर्ने कि?

नोट :  यो कथा सान्केतिक छ कृपया यसका बिम्ब हरुलाई बुझने प्रयास गर्नु होला धन्यवाद!

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो