कथा मृत्युवरणको बाटोमा

डिसी नेपाल
२६ भदौ २०७८ १०:२७

संसद विघटन भएपछि राजनीतिक ऊर्जा लिएर बाच्नेहरुले दिउँसै सूर्य अस्ताएको अनुभव गरे, किन्तु घडीले अझै समय शेष रहेको देखाउँथ्यो। मनको सूर्य अस्ताएपछि वास्तविक सूर्यको आलोक देख्नलाई मनको उज्यालो चाहिन्छ क्यार!

वत्सराज अँध्यारो मुख लगाएर निवासतर्फ लाग्यो। जताततै आश्चर्य, चर्चा, कठोर टिप्पणी र व्यंग्य सुनेर पनि उसले केही देखेन, केही सुनेन। हो, कसले सुन्ने अब, के सुन्ने र केका लागि? बरु उचित थियो–कतै मुख नदेखाई घर पुग्नु।

मन र तनको बिसौनी घरभन्दा अर्को कहाँ हुन्थ्यो र, यो उमेरमा! पिल्सिएको मन र उग्लिएको अनुहार अरुको आँखाबाट जोगाएर ऊ घरको मुख्य द्वारमा पुग्यो र पर्दा पन्साएर भित्र के पसेको थियो आत्तिएर गति बिगार्दै तीन चार कदम उल्टो पाइला पछि सरेर फनक्क फर्कियाे।

दुवै हातले उसले आफ्नो टाउको थिच्यो। फेरि आफैंलाई बेसरी जगल्ट्यायो। लुछ्यो। छिनभर गम्यो। फेरि अर्को द्वारमा पुगेर पर्दा बाहिरै उभिएर गुन्यो–यता पनि उस्तै दृश्य देखिन, के बेर!

पर्दा पन्साएर के भित्र पसेको थियो–उही दृश्य देख्यो। दृश्य उस्तै ठाउँ फरक, शरीर फरक। देखाउने विधि र शैली विल्कुल एउटै। उसले छिनभर आँखाका कोस बन्द गर्यो। फेरि फूलबारीमा पसेर बेन्चमा बस्यो र गुन्यो- ‘त्यसले सारी फर्काएर आफ्नै मुख छोपी, किन? मुख छोपेकी हो कि मलाई देखाईदिएकी हो?’ उसले सूक्ष्मताले केलायो–‘एउटा पाको शरीर! अर्को जवान परिपुष्ट! ए ! बूढी र बुहारी कहाँ गए? कि तिनैले मलाई देखाइदिए? धन्न मुख छोपे कि तिनै थिए?

मसंग बदला लिएका हुन कि? देखाउन त मलाई देखाइदिएकै हुन्, यसमा द्विविधा छैन्। तर किन? योजनावद्ध थिएन त यो दशा त्यसो भन्न मिल्छ र?

चिठी पढेर ऊ उत्तेजित पनि भो उत्साही पनि। उत्तेजना क्रमशः पलायनतर्फको हेतु देखिदै गयो। अब योभन्दा बढी अपमान र उपेक्षा सहन सक्ने स्थिति नभएपछि नकारात्मक भावको उत्तेजनाले भरिएर ऊँकारमा बस्यो अनि घृणा र क्रोधले अन्तरकम्पित हुँदै काेशीतर्फ हानियो । आज कारको गति असन्तुलित देखिन्थ्यो।

निकैवेर पछि ऊ चालमारेर घरभित्र पस्यो। सर्वत्र सुनसान थियो। ‘हजुरबा यो हजुरको चिठी! हजुरआमाले दिनु भएकाे।’ नातिनीले चिठीको खाम ल्याएर दिई।

‘यो मम्मीले दिएको चिठी हजुरको।’ नातिले त्यसैगरी अर्को चिठी थमायो।

उसले चिठी पढ्यो–‘तपाईंको संगतले मेरो जीवन बर्बाद भो, गन्हायो। त्यसैले तपाईलाई आत्महत्या गर भन्न त सक्दिनँ। बरु म आफैँ मर्छु।’
अर्को चिठी हेर्‍यो– ‘हजुरले आफूलाई एकैचोटी शिखरबाट सडकमा पछार्नु भो, अनि मलाई शक्तिबाट शौचालयमा। अब बाँच्नुको औचित्य के? आत्महत्या बाहेक!’

चिठी पढेर ऊ उत्तेजित पनि भो उत्साही पनि। उत्तेजना क्रमशः पलायनतर्फको हेतु देखिदै गयो। अब योभन्दा बढी अपमान र उपेक्षा सहन सक्ने स्थिति नभएपछि नकारात्मक भावको उत्तेजनाले भरिएर  उ कारमा बस्यो अनि घृणा र क्रोधले अन्तरकम्पित हुँदै काेशीतर्फ हानियो । आज कारको गति असन्तुलित देखिन्थ्यो।

अर्को दिन ‘वत्सराजको आत्महत्या’ पराजयबोध र मृत्युवरण’, ‘मानसिक चोटपछि मृत्यु’, जस्ता शीर्षकमा मृत्युका समाचार फैलिए। ‘नचढेपछि घोडा बिग्रन्छ’ भन्ने शीर्षकले मृतक नेता नभएर मात्र अर्काको खेताला रहेको सत्य पुष्टि गर्‍यो।

वत्सपन्थीहरु मानसिक रुपले दुर्बल भएको स्थिति उद्धाङ्ग भएको समाचार पनि फैलियो। मृतक कसको घोडा थियो वा कसले हाक्ने गथ्र्यो भने तथ्य र पृष्ठभूमि देखाएर निकम्मा देशघातीको अवसानलाई नागरिक समाजले समयको माग ठानेर सही कदम वा उचित निकास भनिदियो।

त्यसैले वत्सराजले मृत्युवरण गर्नुको कारण घरको वातावरणभन्दा बाहिरी तत्व प्रवल रहेको कुरा औंल्याइदिए। बुझिजान्ने सुनिजान्नेहरुले उसको मृत्युलाई रोगी महत्वाकांक्षाको स्वाभाविक दुष्परिणाम माने।

अब सन्तान हराउने र विकलाङ भएर फर्कने भयबाट आम नागरिक मुक्त रहेको बुझिँदै गयो। त्यसैले नागरिक समाज विस्मतले खुम्चिएको छैन, खुशीले नाचेको छ। जनमत यसै भन्थ्यो।

परीक्षण–निरीक्षणका लागि सम्बन्धित विभागबाट प्रहरी र पत्रकारको टोली घर र घटनास्थलमा पुग्यो। ‘न्यु अयोध्या’ दैनिकको सन्ध्या संस्करणले छाप्योः अपमानित र असुरक्षित भएपछि सांसारिक मानव एउटै बाटो देख्छ–आत्महत्या, जीवनदेखि पलायन। बत्सराजको मृत्युले यही पुष्टि गर्छ। घर झगडा र अशान्ति नै मृत्युको हेतु हो।

वनराज पनि पोथी तत्वसँग पराजित नै हुने गर्छ। यसैमा उसको महत्व झल्कन्छ। नारीलाई पराजित गर्ने पुरुषको व्यक्तित्व कतै चुलिएको छ र! नारीलाई अपमान गर्न र उनीहरुको तेजोवधबाट रमाउनेहरु स्वयं नारीतत्वबाट उपेक्षित अपमानित भएपछि बाँच्न बिर्सिदिन्छ भन्न मिल्दैन र ! वत्सराजको आत्महत्यालाई यहाँ जोडेर किन नहेर्नु ? अनि संसार हल्लाउने डाका आफै घरमा कमजोर हुन्छ किन नभन्नु?

विकल्प त थिए नि! सन्यास लिएको भए हुन्थ्यो। संपत्ति बुझाएको भए हुन्थ्यो। ठूल्दाहरुसँग क्षमा मागेर मिल्न गएको भए हुन्थ्यो। रामधुनीमा गएर वनवास लिएको भए हुन्थ्यो। नसकिनेसँग सीङ जोर्दाको नतिजा होइन र यो दुर्घना ? परिवार त निमित्त कारक मात्र हो। पैह्रो तानेको त आफैँले हो नि ! पुरियो, डुब्यो! अरु के?

फेरि प्रश्न फेरि समस्या। मृतकको शवलाई कुन झण्डा ओढाउने? कसैले कुनै झण्डा ओढाउने साहस गर्न सकेन। पार्टी कलह टुंगिएकै थिएन। संस्कार, प्रतिगामी या परम्परावादी देखिएला कि भन्ने चिन्ता पनि सँगै थियो।

देशघातीलाई राष्ट्रिय झण्डा ओढाउने कुरै  थिएन र त्यो सन्दर्भ कसैले उठाउन पनि चाहेन । सायद यही उचित थियो। चिठी लेखेका आधारमा श्रीमती विवेका वैशाखी र श्रीमती मेनका मर्त्स्याङ्दीलाई चौतारीमा उभ्याइयो। मर्न दुरुत्साहित गरेको कारणले उनीहरु अपराधी ठहरिएर त्यहाँ पु¥याइएका थिए।

सिंहदरवार न्यायमा ढिलो देखिने गरेकोले र संसद भङ्गको मुद्दाको कसरत चलेको हुनाले पनि समय लाग्नु स्वाभाविक थियो । त्यसैले चौतारी न्यायपीठ (जनअदालत) ले तुरुन्तै निर्णय सुनायोः

यो चौतारी घातक उद्देश्य राखेर बाँचेको राष्ट्रद्रोहीलाई मृत्युवरण गर्ने बाटोमा हिंडाएर, सधैंका लागि समाजमा शान्ति र अमयको पुनःस्थापना जस्तो महनीय कार्य गरेवापत श्रीमती विवेका   वैशाखी र श्रीमती मेनका मत्स्र्याङ्दीलाई अपराधमुक्त गर्दछ र साथै दबाएका र डराएका जनताको तर्फबाट शततः प्रशस्ति ज्ञापन गर्दछ । जै महाकाली !’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *