जिविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना

डिसी नेपाल
२७ भदौ २०७८ २२:०३

काठमाण्डौ । संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडीपी) सँगको सहकार्यमा नेपाल पर्यटन बोर्डले सुरू गरेको जिविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजनाले ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) सँगको सहकार्यमा नारायणहिटी दरबार संग्रहालयमा १०० जना, चन्द्रागिरीको मातातिर्थमा १०० जना र सहिद स्मारक प्रकृति प्रतिष्ठान थानकोटमा ६० जना पर्यटन मजदुरलाई काममा लगाइएको छ।

यस्तै होटेल एसोसिएसन नेपाल (हान) सँगको ४० जना बढीले काम सुरु गरेको छ। जसअनुसार आइतबारमात्र करिब ३०० बढी पर्यटन क्षेत्रका श्रमिक तथा मजदुर काममा जोडिएका छन्। यस्तै परियोजनाअन्तर्गत काठमाण्डौकै कीर्तिपुर र काठमाण्डौबाहिरका पर्वतको जलजला, संखुवासभाको चिचिलामा गरी करिब ५० जना श्रमिक काममा आवद्ध भएको परियोजनाले जनाएको छ। परियोजनाले पर्यटनका विभिन्न छाता संस्थाका साथै काठमाण्डौको कीर्तिपुर, भक्तपुरको चाँगुनारायण, मकवानपरको थाहा, चितवनको रत्ननगर नगरपालिकासँगै ताप्लेजुङ, सोलुखुम्बुका, संखुवासभा, मुस्ताङ, पर्वत र ओखरढुंगा एकरएक गरी १० वटा स्थानीय तहसँग सम्झौता गरी जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना सुरु गरिसकेको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *