एमालेकाे सुदूरपश्चिम प्रदेश इन्चार्जमा भट्टकै निरन्तरता, रावललाई उपाध्यक्षकै भूमिकामा काम गर्न निर्देशन

डिसी नेपाल
२८ भदौ २०७८ ६:३८
156
Shares

काठमाडौं । नेकपा एमालेको विवादका कारण सांगठनिक संरचनाहरु तलमाथि भए। एक समूहले एमालेलाई २०७५ जेठ २ गते फर्किनु पर्छ भन्दै अध्यक्ष केपीशर्मा ओलीलाई दबाब दिदैँ आयो। अन्ततः १० बुँदे सहमति भयो र उक्त सहमति अनुसार उपाध्यक्ष भीम रावल एमालेमै रहे।

अध्यक्ष ओली निवास बालकोटमा आइतबार बिहान एमाले शीर्ष नेताहरू जम्मा भएपछि अध्यक्षले सुदूरपश्चिमको इन्चार्जमा लेखराज भट्ट यथावत रहेको बताए। उले उपाध्यक्ष भीम रावललाई उपाध्यक्षकै भूमिकामा रहेर काम गर्न समेत निर्देशन दिए।

उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णुप्रसाद पौडेल, स्थायी कमिटी सदस्यद्वय सुवासचन्द्र नेम्वाङ र लेखराज भट्ट तथा सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा अध्यक्ष ओलीको निजी निवास बालकोट पुगेका थिए।

सुदूरपश्चिम प्रदेश इन्चार्जसम्बन्धी विवाद निरुपण गर्न पुगे पनि अध्यक्ष ओलीले १० बुँदै जस्ताको त्यस्तै कार्यान्वयन नहुने जानकारी दिए। ‘२ जेठ २०७५ जस्ताको त्यस्तै कार्यान्वयन हुन सक्दैन, यसमा प्रस्ट हुनुस् । १० बुँदे सहमति जस्ताको त्यस्तै कार्यान्वयन गर्ने अवस्था छैन,’ ओलीले रावललाई भने, ‘कार्यविभाजन यथावत छ, जिम्मेवारी परिवर्तन भएको छैन । तपाईं उपाध्यक्ष हो, उपाध्यक्ष र १० बुँदे सहमतिको सहजीकरणको जिम्मेवारी निर्वाह गर्नुस् ।’ यो समाचार राजधानी दैनिकमा छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *