अमेरिकामाथि नेपालको सानदार जित – Dcnepal

अमेरिकामाथि नेपालको सानदार जित

काठमाडौं । आइसीसी पुरुष क्रिकेट वर्ल्ड कप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई पराजित गरेको छ ।

ओमानको मस्कटस्थित अल अमरेत मैदानमा आइतबार भएको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले पूरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २३० रनको लक्ष्य दिएको थियो । नेपालले ४९ ओभरमा मात्र ५ विकेट गुमाएर पूरा गर्यो ।

यसअघि पपुआ न्यू गिनीसँग मैत्रीपूर्ण २ एकदिवसीयको खेल खेलेको नेपालले अब आइसीसीको यो प्रतियोगिता अन्तर्गत ४ खेल खेल्नेछ ।

यो लिगमा नेपालले अहिलेसम्म ४ खेल मात्र खेलेको छ । ४ खेलमा २ जीत र २ हारका साथ ४ अंकसहित नेपाल अंक तालिकाको छैटौं स्थानमा छ । तालिकामा तल भए पनि नेपालले धेरै खेल खेल्न भने बाँकी नै छ । १२ खेल खेलिसकेको अमेरिका ६ जीत र ६ हारका साथ १२ अंकसहित दोस्रो स्थानमा छ ।

१० खेल खेलेकोमा ८ खेल जितेको र २ खेल मात्र हारेको ओमन अंक तालिकाको शीर्ष स्थानमा छ । नेपालले भोलि र आइतबार ओमनसँग पनि खेल्नेछ । अहिले नेपालले २ खेल अमेरिकासँग र २ खेल ओमनसँग गरी कूल ४ खेल खेल्दैछ । अमेरिकासँग नेपालको अर्को खेल शुक्रबार हुनेछ ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो