औसतमा दैनिक २ वटा झाेलुङ्गे पुल निर्माण सम्पन्न

डिसी नेपाल
२९ भदौ २०७८ ६:५१
144
Shares

काठमाडौं । नेपालमा दैनिक औसत दुईवटा झोलुङ्गे पुल निर्माण सम्पन्न हुने गरेका छन्। तीन वटै सरकार संघ, प्रदेश र स्थानीय तहबाट गरी दैनिक दुईवटाका दरले पुल निर्माण हुन थालेका हुन्।
चालु आर्थिक वर्षमा सात सय ३० झोलुङ्गे पुल निर्माण गर्ने सरकारको लक्ष रहेको छ। देशभरका खोला नालामा गरी हालसम्म नौ हजार दुई सय झोलुङ्गे पुल निर्माण भइरहेका छन्।

मागअनुसार अझै करिब पाँचदेखि छ हजार झोलुङ्गे पुल निर्माण गर्नुपर्ने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विभागले जनाएको छ।

निर्माण सम्पन्न पुलमध्ये सङ्घीय सरकारले एक सय १० वटा र प्रदेश र स्थानीय तहले छ सय २० गरी यस वर्ष सात सय ३० वटा झोलुङ्गे पुल बनाएका छन्। गत वर्ष सरकारले छ सय २१ वटा यस्ता पुल निर्माण गरेको थियो। आजको गोरखापत्र दैनिकले यो समाचार छापेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *