आज नेपाल र ओमानको खेल हुँदै

डिसी नेपाल
२९ भदौ २०७८ १०:०६

काठमाडौं।आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत मंगलबार नेपाल र ओमान बीचको त्रिकोणात्मक एकदिवसीय सिरिज हुँदैछ।ओमानको अल अमिरात क्रिकेट मैदानमा नेपालले आज ओमान विरुद्ध खेल्दै सिरिजको दोस्रो खेल खेल्दै छ। नेपाल र ओमानबीचको खेल दिउँसो ४ः१५ बजे सुरु हुनेछ।

सोमबार सिरिजको आफ्नो पहिलो खेलमा नेपालले अमेरिका विरुद्ध ५ विकेटको सानदार जीत निकालेर आज उच्च मनोबलका साथ घरेलु टोली ओमान संग प्रतिस्पर्धा गर्न लागेको हो।पछिल्लो समय घरेलु टिम ओमान पनि समयको उत्कृष्ट खेल खेलिरहेको छ ।ओमान लिग–२ को शीर्ष स्थानमा रहेको टिम समेत हो । ओमानले १० खेलमा १६ अंक जोडेको छ । नेपाल ५ खेलमा ६ अंक जोडेर छैटौं स्थानमा रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *