विमला वलीले शंकर पोखरेलसहित ४ जनाविरुद्ध दिइन् शरीर बन्धकसम्बन्धी किटानी जाहेरी

डिसी नेपाल
२९ भदौ २०७८ २३:१९

काठमाडौं । लुम्बिनी प्रदेश सांसद विमला वलीले पूर्वमुख्यमन्त्री शंकर पोखरेलसहित ४ जनाविरुद्ध अपहरण तथा शरीर बन्धकसम्बन्धी किटानी जाहेरी दिएकी छिन् ।

पोखरेल मुख्यमन्त्री रहँदा साउन १५ गतेदेखि ५ दिनसम्म दाङबाट ल्याएर बन्धक बनाएको भन्दै अपहरण तथा शरीर बन्धकसम्बन्धी कानुनअनुसार कारबाहीको माग गर्दै वलीले किटानी जाहेरी दिएकी हुन् ।

उनले जाहेरीमा तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल, एमाले प्रमुख सचेतक भूमिश्‍वर ढकाल, पोखरेलको सचिवालयका तिरण गौतम र एमाले दाङका नेता मानबहादुर रावतलाई कारबाहीको माग गरेकी छिन् ।

उनले इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दर्ता गराएकी भएपनि घटनाको सुरुवात दाङबाट भएको भन्दै दाङमै पठाइएको प्रहरी स्रोतको भनाइ छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *