कारवाही गरेका सांसद उपस्थित हुँदासम्म संसद अवरोध : अध्यक्ष ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले कारवाही गरेका १४ जना सांसदहरु उपस्थित हुँदासम्म संसद अवरोध गर्ने बताएका छन्। झापा पुगेर अगुवा कार्यकर्तालाई सम्बोधन गरेका ओलीले कारवाही गरेका सांसदको उपस्थिति संसदमा हुन नहुने बताएका हुन्।
उनले नेकपा एमाले फुटाउने अपराधिक तरिकाले सरकारले अध्यादेश ल्याएको पनि बताए। सभामुख पनि षड्यन्त्रकारीको मतियार बनेको ओलीको आरोप छ।
माधव कुमार नेपालले एमालेलाई सरकारबाट हटाउने काम गरेको पनि बताएका छन्। उनले १४ महिनापछि भए पनि निर्वाचन हुने र माधव कुमार नेपालले आफ्नो हैसियत देख्ने बताए। ‘माधव कुमार नेपाल वडा अध्यक्ष त के वडा सदस्य पनि जित्दैनन्,’ उनले भने।
ओलीले नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा नफुटेको र प्रचण्डले एउटा गुट लिएर गएको बताए। ‘प्रचण्ड एउटा गुट लिएर गएका हुन्, माधव नेपाल चोइटिएर गएका हुन्,’ उनले भने। आजको नागरिकले यो खबर छापेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment