रोक्दा रोक्दै भेरीमा महिला हाम फालेपछि…

डिसी नेपाल
३१ भदौ २०७८ १६:५६

काठमाडौं । भेरी नदिमा एक जना महिलाले हाम फालेकी छिन् । उनले भेरी नदिको किनारामा आफ्ना कपडा, मोबाइल र चेक लगायतका सामान छोडेर उर्लिएको भेरीमा हाम फाल्न पुगिन् ।

बिहीबार बिहानदेखि कर्णालीमा वर्षा भईरहेको छ। जसले गर्दा पानीको बहाव बढ्दा भेरी नदी उर्लिएको छ । दिउँसो झण्डै साढे २ बजेतिर त्यहाँ काम विशेषले पुगेकी कर्णाली प्रदेश सभा सदस्य पद्मा खड्काले टाढैबाट उनलाई रोक्न खोज्दा खोज्दै ती अपरिचित महिला नदीमा हाम फालेको बताइन् ।

उनले भनिन,‘नदी किनारामा उनका केही कागज र कपडा छन् । प्रहरी नपुग्दासम्म हामीले हेर्न मिलेन। प्रहरीलाई खबर गरेका छौँ ।’ प्रहरीका अनुसार अहिले प्रहरी घटनास्थलमा पुगिसकेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कनक शाहीले महिला नदीमा बेपत्ता भएको र उनी को हुन् भन्नेबारे सोधखोज भइरहेको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *