पर्यटकका लागि क्वारेन्टाइन व्यवस्था हटाउन माग

डिसी नेपाल
३१ भदौ २०७८ २३:२२

काठमाडौं । नेपाल उद्योग परिसंघले कोभिड–१९ विरुद्धको भ्याक्सिनको पूर्ण डोज प्राप्त गरेका र पीसीआर रिपोर्ट नेगेटिभ भएका विदेशी पर्यटकलाई क्वारेन्टाइन बस्नुपर्ने व्यवस्था हटाउनुपर्ने माग गरेको छ ।

कोभिडको खोप पाएका र पीसीआर रिपोर्ट नेगेटिभ आएका विदेशी पर्यटकलाई क्वारेन्टाइन बस्नुपर्ने व्यवस्था हटाउन परिसंघले सुझाएको हो । पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनका लागि पर्यटन समिति गठन गर्दै परिसंघले यस्तो माग गरेको जानकारी दिएको छ । नेपाल उद्योग परिसंघका उपाध्यक्ष राजबहादुर शाहले कोभिड–१९ बाट प्रभावित पर्यटन क्षेत्रको शीघ्र पुनरुत्थानका लागि सरोकारवाला सबै एक ठाउँमा उभिनुपर्ने बताए ।

परिसंघले गठन गरेको समितिमा छाँया शर्मा, राहुल चौधरी, शारिक लारी, अशोक पोखरेल, प्रविण पाण्डे, तिलक लामा, शेखर प्रसाईँ, लाक्फुली शेर्पा र हिक्मत सिंह ऐर सदस्य रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *