कात्तिक २५ देखि जनगणना, थपिए १२ नयाँ प्रश्न

डिसी नेपाल
१ असोज २०७८ ७:००
176
Shares

काठमाडाैं । संघीयतापछि पहिलो पटक कात्तिक २५ गतेदेखि जनगणना हुँदै छ। यसपालिकाे जनगणनामा १२ वटा नयाँ प्रश्न थपिएका छन्। विगत सय वर्षअघि भएका जनगणनामा सोधिएका भन्दा भिन्न प्रश्न हुनेछन्।

तपाईंको घरमा कोही नयाँ मान्छे आएर ‘तपाईंको बैक खाता छ कि छैन ?’ बैंक तथा वित्तीय संस्थामा ऋण लिनुभएको छ कि छैन ?’ भनेर पनि सोध्न सक्छन्। प्रश्न सोध्ने अरू कोही नभई राष्ट्रिय जनगणनाका खटिएका गणक हुनेछन्। उनीहरूले तपाईंको पुर्खाको भाषा कुन हो ? जागिरको खोजी गर्नुभएको छ छैन ? भन्नेलगायत पनि जिज्ञासा राख्नेछन्।

नेपालमा १९६८ बाट जनगणना सुरु भएको हो। जुन बेला चन्द्रशमशेर प्रधानमन्त्री थिए। प्रत्येक १०र१० वर्षमा जनगणना गरिन्छ।

अबको जनगणनामा ८० वटा प्रश्नावली छन्। केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेवीललाल श्रेष्ठले संघीयतापछिको पहिलो जनगणना भएकाले १२ नयाँ विषयवस्तु समेटिएको जानकारी दिए। यो जनगणनामा भाषाको विषय प्रमुखताका साथ राखिएको छ।

उनका अनुसार विगतमा मातृभाषा र दोस्रो भाषाको विषय मात्रै थियो। अब भाषासम्बन्धी ३ प्रश्न छन्। ‘मातृभाषा, दोस्रो भाषा र पुर्खाको भाषा कुन हो ? भन्ने प्रश्नावली छ,’ महानिर्देशक श्रेष्ठले भने, ‘जन्मदर्ता विषयले प्रवेश पाएको छ।’
आजकाे अन्नपूर्णपाेष्टले खबर छापेकाे छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *