कांग्रेस महाधिवेशन : गुट भित्र पनि गुट

डिसी नेपाल
१ असोज २०७८ ७:४०

काठमाडौं । महाधिवेशनको सरगर्मी लागेको कांग्रेसले सत्ताको प्रमुख बागडोर सम्हालेको छ। अहिले कांग्रेसले वडातहदेखि जिल्ला हुँदै प्रदेश र केन्द्रसम्म नेतृत्वको लागि उम्मेदवार मैदानमा छन्। कांग्रेसले गत भदौ १८ गतेबाट कांग्रेसलाई महाधिवेशन लागेको हो।

कांग्रेसमा १३औं महाधिवेशनपछि स्थापित तीन गुट छन् । पहिलो गुटको नेतृत्व पार्टी सभापति शेरबहादुर देउवाले गरिरहेका छन् । उनको गुटलाई कांग्रेसमा संस्थापन समूह मानिन्छ ।

अर्को गुटको नेतृत्व वरिष्ठ नेता रामचन्द्र पौडेलले गरिरहेका छन् । उनी गत १३औं महाधिवेशनमा देउवासँग सभापतिमा पराजित भएपछि त्यसअघिको कोइराला गुटलाई आफ्नो थरबाट चिनाउन सफल भएका छन् ।

त्यसबाहेक कांग्रेसमा अर्को गुटको नेतृत्व कृष्णप्रसाद सिटौलाले गरिरहेका छन् । यो गुट पनि १३औं महाधिवेशनपछि नै संस्थागत भएको हो । सिटौलासमेत पहिलो चरणमा देउवासँगै महाधिवेशनमा भिडेका थिए । त्यसपछि दोस्रो चरणको निर्वाचनमा उनै देउवालाई सघाएर उनी तेस्रो धारको नेतृत्व गर्दै आइरहेका छन्। आजको राजधानी दैनिकले यो खबर छापेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *