ट्रेकिङ गाइडका लागि सहुलियतपूर्ण ऋण लिन आवेदन खुल्यो
काठमाडौं । नेपाल पर्यटन बोर्डले कोभिडका कारण रोजगारी गुमाएका ट्रेकिङ गाइडहरुका लागि सहुलियतपूर्ण ऋण प्रदान गर्ने भएको छ ।
बोर्डले सूचना सार्वजनिक गर्दै रोजगारी गुमाएका ट्रेकिङ गाइडहरुका लागि सहुलियतपूर्ण ऋण लिन ७ दिनको समय तोकी आवेदन खुल्ला गरेको हो।
पत्रयात्रा तथा पर्वतीय पर्यटन श्रमिक कल्याणकारी खाता सञ्चालन, व्यवस्थापन तथा ऋण परिचालन समितिको सचिवालय नेपाल पर्यटन बोर्डले गाइडहरुले ऋण लिनुपूर्व पुरा गर्नुपर्ने शर्तहरु तोकेको छ । जस अनुसार ट्रेकिङ गाइड लाइसेन्स लिएको हुनुपर्ने, कोभिड १९ महामारीपूर्व कम्तीमा ३ वर्ष ट्रेकिङ कम्पनीमा कायर्रत रहेको हुनुपर्ने, गाइडले संचालन गर्ने व्यसायको परियोजना प्रस्ताव पेश गर्नुपर्ने छ ।

गाइडहरुले ऋण लिनुपूर्व पुरा गर्नुपर्ने शर्तहरु निम्नानुसार हुनेछन् :
(१) ट्रेकिङ गाइड लाइसेन्स लिएको हुनुपर्ने
(२) कोभिड-१९ महामारीपूर्व कम्तीमा ३ वर्ष ट्रेकिङ कम्पनीमा कायर्रत रहेको हुनुपर्ने।
(३) गाइडले संचालन गर्ने व्यसायको परियोजना प्रस्ताव पेश गर्नुपर्ने ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment