रसुवा कारागारबाट पाँच जनाले आममाफी पाए

डिसी नेपाल
३ असोज २०७८ २२:२९

काठमाडौं । संविधान दिवसका अवसर पारेर रसुवा कारागारमा रहेका ५ जना कैदीको सजाय मिनाहा गरिएको छ।

रसुवाका ५ जना कैदीको सजाय मिनाहा भएको जिल्ला कारागार रसुवाले जानकारी दिए। निमित्त जेलर साङतेम्वा तामाङका अनुसार बहुविवाह,चोरी,कर्तव्य ज्यानका कारण जेल जीवन बिताइरहेका ५ जनालाई संविधान दिवसको अवसरमा आममाफी दिएका हुन् ।

रिहा हुनेहरूमा थुमी ७ गोरखाका कर्तव्य ज्यान मुद्दाका ३८ वर्षीय भरत खत्री, पाँचखाल ७ काभ्रेका चोरी मुद्दाका ३३ वर्षीय सरोज तिमिल्सिना, नुवाकोटको भद्रुटारका कर्तव्य ज्यान मुद्दाका ४० वर्षीय फुलमान तामाङ, सोही ठेगाना भई सोही मुद्दाका दोषी ४१ वर्षीय रामबहादुर तामाङ, र खैरहनी–३ चितवन घई भई बहुविवाहको मुद्दामा वन्दी जीवन बिताइरहेकी २६ वर्षिया प्रियंका सुवेदी रहेकी छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *