कर्णाली योजना आयोगका सदस्यद्वारा राजीनामा
सुर्खेत । कर्णाली प्रदेश योजना आयोगका सदस्य योगेन्द्रबहादुर शाहीले राजीनामा दिएका छन् । उनले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसमक्ष आज दिउँसो राजीनामा बुझाएका हुन् ।
झण्डै तीन वर्षअघि आयोगको सदस्यमा नियुक्ति भएका शाहीले सोमबार राजीनामा बुझाएका हुन् । उनले राजनीतिक अन्यौलता, उतार चढावप्रति वितृष्णा जागेकाले राजीनामा बुझाएको प्रतिक्रिया दिए । “मैले उहाँहरुलाई पहिला पनि नराख्नुहोस् भनेको थिएँ तर राखिहाल्नुभयो”, उनले भने, “आफ्नो प्रदेश भएकाले पनि काम गरौँ भन्ने भयो ।” प्रदेशका नीति तथा योजना निर्माणका कार्यमा स्वयंसेवीरूपमा योगदान गर्न सधैँ तत्पर रहेको उनले बताए ।
“म नेकपाका तर्फबाट भएको हो अहिले छोडेँ”, उनले भने, “अहिले एमाले, माओवादी भयो । यो राजीनतिक गञ्जागोल भएको छ, जति कुरा गरे पनि यो भनेको नेताले पदका लागि गरेका हुन् ।” रासस
No ads found for this position

डिसी नेपाल
Facebook Comment