दुवै खुट्टा गुमाएका रुस्थम नबिव मनास्लु हिमाल आरोहण गर्दै

डिसी नेपाल
७ असोज २०७८ १२:३०

काठमाडौं। शारीरिक रुपमा अशक्त रुसी नागरिक रुस्थम नबिव मनास्लु हिमाल आरोहणका लागि मनास्लु बेसक्याम्प पुगेका छन्। मनास्लु बेसक्याम्पमा रहेका नबिवले सेप्टेम्बर २७ मा मनास्लु हिमाल आरोहण गर्ने छन्।

चाटूर ट्रेक एण्ड एक्स्पडिशनका आधिकारिक कर्मचारी टिका तामाङ्गका अनुसार रुस्थमले मौसम सफा रहेर कुनै असामान्य अवस्था नभएमा सेप्टेम्बरको अन्तिम साता मनास्लुको आरोहण गर्ने छन्। नबिव बेस क्याम्पमा रहेको तामाङ्गले जानकारी दिए।

सन् २०१५ मा रूसको ओम्स्कमा ब्यारेक भत्किँदा बाँच्न सफल ८ जनामध्ये रुस्थम नबिव एक हुन्। तर घटनामा बाँच्न सफल भए पनि उनले आफ्ना दुवै खुट्टा भने गुमाएका थिए। दुवै खुट्टा गुमाए पनि उनले हिम्मत भने हारेनन् । उनले यसअघि नै रुसमा रहेको युरोपको सर्वोच्च शिखर ५,६४२ मिटर अग्लो माउन्ट एल्ब्रस आरोहण गरिसकेका छन् । उनले १५ घण्टा हातले हिँडेर एल्ब्रस आरोहण गरेका थिए ।

रुस्थम कसैको मद्दतको भर पर्दैनन् र आफैमा विश्वास राख्छन्। उनी आइस हक्की खेल्छन, नियमत ब्लग लेख््छन्। रुस्थमको जीवनमा सबैभन्दा बलियो प्रेरणाको स्रोत उनको श्रीमती इन्दिरा हुन् । ‘म मेरी श्रीमतीको बारेमा निरन्तर कुरा गर्न सक्छु; उनी आश्चर्यजनक छिन्। उनले मलाई बचाइन् र मलाई त्यो त्रासदीबाट निकालिन,’ रस्थम भन्छन, ‘त्यसपछि हामीले पाँच वर्षसम्म एक अर्कालाई साथ दिइरह्यौं । उनी मसंग सधै थिइन् र मेरो अपांगता स्वीकार गर्न डराइनन् ।’

रुस्थम करोलिन्स्का विश्वविद्यालय अस्पतालको बायोमेडिकल इन्जिनियरिङ विभागमा अनुसन्धान इन्जिनियरको रुपमा कार्रयत छन्। उनले रोयल इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सञ्चार प्रणालीमा स्नातोकत्तर डिग्री हासिल गरेका छन्। कारोलिन्सकामाकार्यरत रहँदा उनले यूरोप, रूस र अफ्रिकामा धेरै ठूला परियोजनाहरुको नेतृत्व गरेका छन् ।

रुस्थमले १० वर्ष भन्दा बढीको अनुभवका साथै ठूलो मात्रामा अन्तर्राष्ट्रिय परियोजनाहरुको चुस्त व्यवस्थापनको अनुभव संगालेका छन् । शारीरिक रुपमा आशक्त भएपनि उनले जीवनमा खुशी र अर्थ पाएका छन् । उनले आफ्नो इन्स्टाग्राम ब्लगद्वारा सबैलाई जीवनका सुन्दर पक्ष वाँडिरहेका छन् । उनको ब्लग सबैलाई प्रेरणादायक छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *