बागलुङको पर्यटकीयस्थलमा बढ्यो चहलपहल

डिसी नेपाल
७ असोज २०७८ १८:००

काठमाडौं । कोभिड–१९ का कारण गत वर्षदेखि सङ्कटमा परेको बागलुङको पर्यटन पुनः जुर्मुराउन थालेको छ ।

बन्दाबन्दीकै समयमा जिल्लामा आधा दर्जन नयाँ पर्यटकीय गन्तव्य पहिचान गरिएको छ । कोरोना अघि दैनिक एक हजारको हाराहारीमा पर्यटक आउने पञ्चकोटमा पनि तीन महिना अघिदेखि फाटफुट आन्तरिक पर्यटक आउन थालेका छन् ।

विश्वकै चर्चित पर्यटकीयस्थल ढोरपाटनमा शिकार खेल्नका लागि विदेशी पर्यटले अनुमति पाइसेका छन् । गलकोटको सहस्रधारा झरना, टेउवाको खुला मूर्तिकला सङ्ग्रहालय, बागलुङ नगरपालिका–४ स्थित भूमिगत शालिग्राम सङ्ग्रहालयलमा पनि पर्यटकको चलहपहल सुरु भइसकेको छ ।

जिल्लाका अधिकांश व्यवसायलाई समेत खोपको प्रबन्ध भएपछि व्यापार व्यवसायसमेत बढ्न थालेकोे जिल्ला उद्योग वाणिज्य सङ्घका अध्यक्ष युवराज राजभण्डारीले जानकारी दिए। बागलुङ र पर्वत जिल्लाको बिचमा रहेको कालीगण्डकी नदीमाथि रहेको बञ्जी पुलमा आउने पर्यटकसमेत आउन थालेपछि यहाँका होटलमा चहलपहल बढ्न थालेकोे होटल तथा रेष्टुराँ व्यवसायी सङ्घ जिल्ला अध्यक्ष निलेश राजभण्डारीले जानकारी दिए ।

विश्वकै लामो पुल ‘गण्डकी गोल्डेन वृज’मा अहिले आन्तरिक पर्यटकको भीड नै लाग्ने गरेको छ भने कालिका मन्दिरमा मङ्गलबार र शनिबार भक्तजनको चाप बढदै आएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *