सशस्त्रका ११ कमाण्डर फेरिए, दुई डिआईजीलाई फेरि कमाण्ड दिइयो

डिसी नेपाल
७ असोज २०७८ २३:४२

काठमाडौं । नेपाल सरकारले सशस्त्र प्रहरीका ११ जना सशस्त्र प्रहरी नायव महानिरीक्षक(डिआईजी)हरुको सरुवा गरेको छ । गृहमन्त्री बालकृष्ण खाँडको निर्णयले बिहीबार सांझ सो सरुवा गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

डिआईजी मन्दिप श्रेष्ठलाई गढिमाई वाहिनी हेटौंडाबाट सशस्त्र प्रहरी मुख्यालयमा आईजीपीको सचिवालयमा सरुवा गरिएको छ भने हेटौडामा डिआईजी किशोर प्रधानलाई पठाइएको छ । प्रधान विन्ध्यावासिनी वाहिनी मुख्यालय, रुपन्देहीका प्रमुख थिए । एउटा कमाण्डबाट अर्को कमाण्डमा जान पाउने भाग्मानीमध्ये एक परेका छन् डिआईजी प्रधान ।

डिआईजी कुलबहादुर नेम्बाङ्गलाई प्रधान कार्यालयको मानवस्रोत विभागबाट विन्ध्यावासिनी वाहिनी, रुपन्देही सरुवा गरिएको छ । त्यसैगरी,डिआईजी राजु अर्याललाई पशुपतिनाथ वाहिनी, काठमाडौंको प्रमुखबाट प्रधान कार्यालयको मानवस्रोत विभागमा सरुवा गरिएको छ । पशुपति वाहिनीको प्रमुखमा डिआईजी बंशीराज दाहाललाई लगिएको दाहाल छ । यसअघि दाहाल बराह वाहिनी मुख्यालय सुनसरीका प्रमुख थिए अर्थात् पूर्वाञ्चलका कमाण्डर थिए । दाहाल पनि एउटा कमाण्डबाट अर्को कमाण्डमा जान पाउने भाग्यमानी डिआईजी ठहरिएका छन् । पूर्वाञ्चलको नयां कमाण्डरमा डिआईजी कमल गिरी लगिएका छन् । उनी सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालय मुख्यालयमा कार्यरत थिए ।

सशस्त्र प्रहरीको पश्चिमाञ्चल पोखराको कमाण्डरबाट डिआईजी नारायणदत्त पौडेललाई सरुवा गरी मुख्यालयको कार्य तथा सीमा सुरक्षा विभागमा लगिएको छ भने पश्चिमाञ्चलको कमाण्डरमा डिआईजी शम्भु सुवेदीलाई खटाइएको छ । सुवेदी राष्ट्रिय सुरक्षा परिषद् सचिवालय सिंहदरवारमा कार्यरत थिए । सुरक्षा परिषद्मा तत्कालका लागि कसैलाई पनि सरुवा गरिएको छैन । यसैगरी दुई नं प्रदेशका कमाण्डर डिआईजी चन्द्रप्रकाश गौतमलाई कार्य तथा सीमा सुरक्षा विभाग मुख्यालयमा सरुवा गरिएको छ । गौतमको ठाउंमा डिआईजी गणेशबहादुर ठाडा मगरलाई लगिएको छ । २ नं प्रदेशको कमाण्ड बनाइएका ठाडा यसअघि मुख्यालयमा कार्य तथा सीमा विभागमा कार्यरत थिए । सशस्त्र प्रहरी मुख्यालयको मानवस्रोत विभागमा कार्यरत डिआईजी दुर्गाप्रसाद भट्टराईलाई सुदुर पश्चिम प्रदेशको कमाण्डर बनाई कैलाली पठाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *