पर्यटन क्षेत्रमा संलग्न पर्यटन मजदुरलाई रोजगार

डिसी नेपाल
९ असोज २०७८ १७:१४

काठमाडौं । टेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराको समन्वयमा मजदुरलाई रोजगार कार्यक्रम सुरु गरिएको छ ।

नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहकार्यमा पर्यटन क्षेत्रमा संलग्न जनशक्तिलाई अल्पकालीन रोजगार कार्यक्रम अनुसार २ सय जना पदयात्रा मजदुरलाई १० दिनका लागि रोजगार कार्यक्रम अनुरुप पहिलो चरणमा शुक्रबार नौडाँडा कास्कीकोट सराङकोट मेथलाङ जरेवर पदमार्ग मर्मतसम्भार तथा सरसफाइ कार्यक्रम ३० जना पदयात्रा मजदुरलाई संलग्न गराई शुभारम्भ गरियो ।

पर्यटन विकासको लागि पदयात्रा पदमार्गको महत्व उच्च रहेको हुँदा यस परियोजनाअन्तर्गत पदमार्ग मर्मतसम्भार तथा सरसफाइ गर्न लागिएको र विश्व पर्यटन दिवस कास्कीकोट पदमार्गमा विभिन्न देशका कुटनीतिक नियोगका प्रतिनिधि ल्याएर पदयात्रा गराई मनाउने जानकारी पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख काशीराज भण्डारीले दिए । कार्यक्रममा पोखरा २४ का वडाध्यक्ष ओम सुवेदी, संस्थाका सचिव मिलन तिवारी लगायतले बोलेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *