शेर्पा फेसनमा सगरमाथाको फेदीमा इटालीका राजकुमार

डिसी नेपाल
९ असोज २०७८ १८:१०

काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा विश्वको सबैभन्दा उचाइमा ‘माउण्ट एभरेष्ट फेशन रनवे’ को दोस्रो संस्करण आयोजना सम्पन्न भएको छ ।

विभिन्न १० मुलुकबाट आएका सुपरमोडलसहित ४७ जना सहभागी फेशन–शो सगरमाथा रिजनको छेउमा रहेको गोक्यो नदीको नजिकै सम्पन्न भएको छ । यो फेशन–शो विश्वकै सबैभन्दा उचाइमा गरिएको फेशन–शो हो । जसमा इटालीका राजकुमार कोसिमो दे मेडिसी समेत उपस्थित थिए । उनले प्रतियोगितामा नेपाली कपडा शो गरे । ५५०० मिटर उचाइमा आयोजना गरिएको हिउँले भरिएको र्‍याम्पको पृष्ठभूमिमा सर्वोच्च शिखर सगरमाथाको आकर्षक दृश्यावलोकन गर्न सकिन्छ ।

महामारीपछि पहिलोपटक आयोजना गरिएको यस्तो खालको कार्यक्रमलाई सगरमाथा आधार क्षेत्रका शेर्पा समुदायले पनि स्वागत गरेका छन् । आरोही कान्छा शेर्पाले यस्ता खाले कार्यक्रमले खुम्बु क्षेत्रको पर्यटन विकासमा टेवा पुग्ने बताए ।

फेशन डिजाइनर रमिला नेम्कुलले यो कार्यक्रम नेपालको गौरव भएको र यसमा नेपालका मौलिक पहिरनहरुलाई आवश्यक्ता अनुसार परिमार्जन गरि प्रस्तुत गरिएको छ । कार्यक्रमको भारतका एमई टू फिल्म्सका सञ्चालक तथा रियालिटि शो निर्देशक श्रुति आनन्दिता वर्मा र अमिताभ एस वर्माले निर्देशन गरेका छन् ।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *