‘एमालेसँगको विद्रोह बाध्यता’

डिसी नेपाल
९ असोज २०७८ २१:०७
56
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का नेताहरूले एमाले पार्टीविरुद्धको विद्रोह बाध्यतात्मक परिस्थितिको उपज भएको बताएका छन् । नेकपा (एस)को जिल्ला भेला तथा कमिटी घोषणा कार्यक्रममा उनीहरूले कम्युनिष्ट आन्दोलनलाई पुर्नगठन र एकीकृत गर्न चुनौतीपूर्ण बाटो रोजेको जनाए ।

पार्टी केन्द्रीय उपाध्यक्ष एवं गण्डकी प्रदेश इञ्चार्ज केशवलाल श्रेष्ठले नेकपा (एमाले) दक्षिणपन्थी विर्सजन र राष्ट्रिय आत्मसर्मपणवादतिर गएकाले विद्रोहमार्फत नयाँ पार्टी गठन गर्नुपरेको बताए । “पार्टीभित्र सैद्धान्तिक, विचारधारात्मक र राजनीतिक समस्या देखियो”, उनले भने, “नवौँ महाधिवेशनका कार्यभारलाई नेतृत्वले पूरा नगरेपछि हामीले एमालेमा बसिरहनु उचित देखेनौँ ।”

एमाले निर्माणमा जीवनकाल बिताएका, रगत, पसिना बगाएका नेता÷कार्यकर्ताका लागि पार्टी छोड्नुपर्दा पीडा भए पनि विकल्पविहीन स्थितिमा विद्रोहमा जानुपरेको उपाध्यक्ष श्रेष्ठको भनाइ छ । उनले कम्युनिष्ट आन्दोलनको पुनःनिर्माण र एकीकरणको जगमा समाजवादको लक्ष्यमा पुग्न नसकेमा नयाँ पार्टी निर्माणको औचित्य पुष्टि नहुने उल्लेख गरे।

पार्टीका केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठले एमालेसहित अन्य कम्युनिष्ट पार्टीसँग प्रतिस्पर्धा गर्दै नेकपा (एस)लाई श्रेष्ठता दिलाउनुपर्ने दायित्व आफूहरुमा आएको बताए । नयाँ पार्टी बनाउनु रहर नभई बाध्यता भएको उहाँको भनाइ छ । सदस्य श्रेष्ठले एमालेले कम्युनिष्ट सिद्धान्त र आदर्शलाई लत्याउँदै गएको आरोप लगाए ।

पूर्व उर्जाराज्यमन्त्रीसमेत रहनुभएका नेकपा (एस)का नेता रामजीप्रसाद शर्माले कमजोर हातले क्रान्तिको झण्डा उठाउन नसक्ने भन्दै आफूहरु समाजवादी क्रान्तिमा होमिएको बताए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *