इन्दिरा जोशीको इन्गेजमेन्ट पाइलटका लागि पनि ‘सरप्राइज’

तर्कबहादुर थापा
११ असोज २०७८ ७:३४

काठमाडौं । मानिसले जीवनमा एक पटक विबाह गर्छन्। त्यो विवाहलाई स्मणरयोग्य बनाउन आफ्नो सामथ्र्यअनुसार हरेक प्रकारका प्रयोगहरु गर्छन्। सबै भन्दा महंगो बनाएर, नयाँ ठाउँमा गएर अथवा आफ्नो क्षमताले पुग्ने तर नयाँ खालको अनुभूति र अनुभवले बैवाहिक जीवनमा अलग्गै रौकन छाइदिएको हुन्छ, जीवनभरका लागि।

चर्चित गायिका इन्दिरा जोशी र उनका प्रेमीले यसपल्ट त्यस्तै एउटा प्रयास गरे समुद्र सतहदेखि १२ हजार ५ सय फिटको उचाईँमा गएर इन्गेजमेण्ट गरिदिए त्यो पनि हेलिकोप्टरको यात्रा गरेर। यसपछि अहिले सामाजिक सञ्जालमात्र नभएर एक तह र तप्कामा दाम्पत्य जीवनको शुरुवातका लागि मानिसले के केसम्म गर्छन् भन्ने कुराको चर्चा परिचर्चासमेत सुरु भएको छ।

केही दिन पहिलेमात्र उनीहरु ५ वटा हेलिकोप्टरसहित सोलुखुम्बुको खुम्बु क्षेत्रमा प्रवेश गरे। त्यहीँको एउटा ‘ल्याण्डीङ स्पट’मा हेलिकोप्टर ल्याण्ड गरेपछि सबैलाई सरप्राईज दिँदै इन्दिराको जोडीले लगन गाँठो कस्ने कसम खाए र हिराको औँठी लाए।

उनीहरुलाई उडाएर लगेका हेलिकप्टरका पाइलट क्याप्टेन विवेक खड्का आफै अच्चममा परेको कुरा बताउँछन्। विवेकले डिसी नेपालसँग कुरा गर्दै उनीहरुको त्यो कार्यले आफूलाई पनि सरप्राइज दिएको बताए।

उनले भने, ‘हामी विशेष गरी १८ हजार फिटमाथि फेसन सो गर्नको लागि निस्केका थियौं। मौसममा खराबी आएपछि खुम्बुक्षेत्रको १२ हजार ५ सय फिटमाथि रहेको ‘ल्याण्डिङ स्पट’मा हेलिकोप्टर ल्याण्ड ग¥यौँ। पाँचवटा हेलिकोप्टरमा गएका हामी सबै बाहिर निस्केकामात्र के थियौं। उहाँले (इन्दिराको प्रेमी) हिराको औँठी निकालेर इन्दिराजीलाई लगाइदिनु भयो। हामी त अचम्ममा पर्यौं एकछिन् त।’

इन्दिराले यसअघि पनि आफू प्रेममा रहेको बोल्दै आएकी थिइन्। फेसन डिजाइनर शरद केडिया नै उनका प्रेमी रहेका कुरा भने गोप्य राखेकी थिइन्। उनीहरुले नेपालको उच्च ठाउँमा गएर गरेको त्यो इन्गेजमेन्ट अहिले सबैको दृष्टिमा परिरहेको छ।

क्याप्टेन खड्का अहिलेसम्म नेपाली जोडीले यसरी इन्गेजमेन्ट गरेको नदेखेको बताउँछन्। उनले भने ‘हामीले विदेशी टुरिष्ट लिएर आउँदा, उनीहरुले अग्ला, अग्ला ठाउँमा गएर इन्गेजमेन्ट गरेको, कतिले विवाहसमेत गरेको देखिन्थ्यो । तर, नेपालीहरुले यसरी गरेको देखेको थिएन । मैले आफूले काम गरेको फिल्डमा जसरी उहाँहरुको इन्गेजमेन्ट भयो त्यो नौलो थियो।’

‘करिव एक घण्टा त्यहाँ बसेका थियौं,’ क्याप्टेन खड्काले भने, ‘पाँचवटा हेलिकोप्टरमा टुरिज्म बोर्डका मान्छेदेखि अन्य मान्छे पनि हुनुहुन्थ्यो। विशेष गरी गिनिजबुक अफ वल्र्ड रेकर्डको लागि फेसन सो गर्न गएका थियौं। फेसन सो सकिएपछि हामी त्यहाँ बसेका थियौं। उहाँहरुको त्यो काम सकिएपछि रमाइलो ग¥यौँ। हामीले गर्ने रमाइलो त भयो नि, फोटो भिडियो खिच्ने काम भयो। नेपाली चेलिबेटी, सेलिब्रेटी, चिनेकै कलाकार भए पनि हामीले त्यो दृश्य अप्रत्यासित र अनौठो थियो।’

 

 

तस्वीर : क्याप्टेन विवेक खड्का




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *