काठमाडौंमा १८ वर्षमाथिका सबैलाई आजबाट कोरोनाविरूद्ध खोप

डिसी नेपाल
११ असोज २०७८ १०:१३
184
Shares

काठमाडौं। आजदेखि काठमाडौंमा १८ वर्षमाथिका सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप दिइने भएको छ। तीन दिनसम्म चल्ने खोप कार्यक्रमअन्तर्गत १८ वर्षमाथिका सबै नागरिकलाई भेरोसेल खोपको पहिलो डोज दिइने स्वास्थ्य कार्यालय काठमाडौंले जानकारी दिएको छ।

जिल्ला स्वास्थ्य कार्यालय प्रमुख बद्रीबहादुर खड्काले खोप प्रदान गर्न काठमाडौंका १२ वटै पालिका र सात अस्पतालमा केन्द्र तोकिएको जानकारी दिए।

काठमाडौं महानगरपालिकाको हकमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको अस्पताल तथा वीर अस्पताल, निजामती कर्मचारी अस्पताल, परोपकार प्रसुतीगृहमा खोप केन्द्र निर्धारण गरिएको छ।

बाँकी पालिकाका खोप केन्द्रमा खोप लगाइने जनाइएको छ। खोप लिनेले अनिवार्य अनलाइन फारम भर्नुपर्ने स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *