विश्व पर्यटन दिवसमा विदेशी पर्यटकलाई मनाङमा स्वागत

डिसी नेपाल
११ असोज २०७८ १८:३८

लम्जुङ । मनाङमा अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) र पर्यटन व्यवसायीहरूले स्वागत गरेका छन् । ४२औँ विश्व पर्यटन दिवसको अवसर पारी अन्नपूर्ण पदमार्गमा आएका पर्यटकहरूलाई स्वागत तथा सम्मान गरिएको हो ।

मनाङमा घुम्न हिँडेका पर्यटकलाई पर्यटन व्यवसायीले खादा र अबीर लगाएर भव्य स्वागत गरेका हुन् । अन्नपूर्ण संरक्षण क्षेत्र एक्याप मनाङले पर्यटकहरूलाई खादा र अबीर लगाएर स्वागत गरेको होे ।

सोमबार मनाङको मनाङ ङिस्याङ गाउँपालिका ४ मनाङमा रहेको एक्याप मनाङको कार्यालयमा तीन जना इजरायली र एक जना भारतीय पर्यटकलाई सम्मान र स्वागत गरिएको हो । खादा र टीकामा सजिएपछि पर्यटकहरू खुसी देखिन्थे ।

सेप्टेम्बर, अक्टोबर र नोभेम्बर महिना पर्यटकहरूको आगमन हुने महिना भएकाले पर्यटन दिवसले पर्यटकहरूको आगमनमा नयाँ उत्साह थपिने एक्याप मनाङका प्रमुख लेखनाथ गौतमले बताए ।

मनाङको पर्यटन चेकपोस्ट धारापानीमा पनि दुई जना पर्यटकलाई स्वागत र सम्मान गरिएको चेकपोस्टका पर्यटन सहायक क्षेत्र गुरुङले बताए । मुलुकमा शान्ति स्थापना भएपछि लम्जुङको सदरमुकाम बेँसीशहर हुँदै अन्नपूर्ण पदमार्गमा जाने पर्यटकको संख्यामा वृद्धि हुँदै गएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *