निःशुल्क सेनेटरी प्याड वितरण

डिसी नेपाल
१२ असोज २०७८ १६:५७

काठमाडौं। युग बुद्ध नेपालले भृकुटी मण्डपस्थित सार्वजनिक शौचालयदेखि निःशुल्क सेनेटरी प्याड वितरण अभियानको शुभारम्भ गरेको छ ।

यो अभियानबाट सयौँ महिला लाभान्वित भएका छन् । यसअघि सो संस्थाले महिलाका लागि निःशुल्क परिवार नियोजनका साधन वितरण गरिसकेको छ ।

संस्थाले क्रमशः देशका प्रमुख सहरका शौचालय, विद्यालय तथा अन्य आवश्यक पर्ने स्थानमा प्याड वितरण गरिँदै लैजाने अभियान रहेको बुद्ध नेपालका अध्यक्ष नारायण शर्माले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *