काठमाडौंबाट हराएका बालक बिहारमा भेटिए, नेपाल ल्याइँदै
सांकेतिक तस्वीर
काठमाडौं । काठमाडौंबाट हराएर भारतको बिहारमा फेला परेका चार वर्षीय बालकलाई नेपाल ल्याइँदैछ।
काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-१३ कपनबाट सोमबार साँझ हराएका विनोद शर्माका ४ वर्षीय छोरा पियुस बिहारमा सकुशल फेला परेका थिए।
महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी रमेश बस्नेतका अनुसार पियुस अहिले हजुरबुवासँग बिहारमा छन्। र, अब काठमाडौँ ल्याउँदैछन्।
बिहार घर भई कपनको टहरामा बस्दै आएका विनोद शर्मा टायलको काम गर्छन्। उनका ४ वर्षीय छोरा हराएपछि अपहरणको आशंकामा महानगरीय अपराध महाशाखा र काठमाडौँ प्रहरीले अनुसन्धान थालेका थिए। तर, बालकलाई विनोदका साथी शंकर दासले बिहार लगेको खुलेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment