राइनासमा अधिवेशन शनिबार हुने

डिसी नेपाल
१३ असोज २०७८ १६:४८

काठमाडौं । राइनास नगरपालिकामा आगामी शनिबार पुनः निर्वाचन हुने भएको छ । कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत लमजुङको राइनास नगरपालिकामा मतपत्रमा त्रुटि भेटिएपछि मतदान स्थगित भएको थियो ।

मतदान सकिन लाग्दा मतपत्रमा त्रुटि भेटिएको थियो । कांग्रेस जिल्ला सभापति भेषबहादुर पौडेलले नियतवश नभई छपाइमा गल्ती भएकाले अधिवेशन स्थगित हुन पुगेको बताए । चार गाउँपालिकामा सहमतिका आधारमा र तीन नगरपालिकामा निर्वाचनको माध्यमबाट कांग्रेस नेतृत्व चयन भएको छ । मतपत्रसहित सिरियल नम्बरमा त्रुटि भेटिएपछि लफडा परेको थियो । मतदान प्रक्रिया स्थगित गरिएसँगै यसअघि मतदान गरिसकिएका र मतदान गरिनसकिएको मतपत्र जलाइएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *