सुदूरपश्चिममा ३३ सङ्क्रमित थपिए

डिसी नेपाल
१३ असोज २०७८ १८:००

काठमाडौं ।  गएको २४ घण्टामा सुदूरपश्चिम प्रदेशमा बुधबार थप ३३ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ ।

प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट ९८९ को नमूना परीक्षण गर्दा ३३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । पच्चिस जनामा आरटी पीसीआर र आठ जनामा एन्टिजेन विधिमार्फत गरिएको परीक्षणमा सङ्क्रमण देखिएको हो । पीसीआर विधिमार्फत सेती प्रादेशिक अस्पतालमा १८, जिल्ला अस्पताल बैतडीमा चार, डडेल्धुरा अस्पतालमा दुई र महाकाली अस्पतालमा एक जनामा सङ्क्रमण पुष्टि भएको हो । एन्टिजेन विधिमार्फत कञ्चनपुरमा पाँच, कैलाली, डोटी र अछाममा एक÷एक जनामा सङ्क्रमण देखिएको हो ।

यस्तै सो अवधिमा प्रदेशभर १७ जनाले कोरोना जितेका छन् भने उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन । यसअघि मङ्गलबार यस प्रदेशमा थप १८ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि हुँदा २१ जना सङ्क्रमणमुक्त भएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *