रुकुम पूर्व पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

डिसी नेपाल
१४ असोज २०७८ १३:४६
80
Shares

रुकुम । रुकुम (पूर्व)लाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ। नेपालको कान्छो जिल्लाको रुपमा स्थापित रुकुम पूर्वलाई नेपालको ६१औँ जिल्लाका रुपमा पूर्ण खोप सुनिश्चितत जिल्ला घोषणा गरिएको हो।

स्वास्थ्य कार्यालय तथा जिल्ला खोप समन्वय समितिले बुधबार सस्ने गाउँपालिकाको प्राङगणमा एक कार्यक्रमको आयोजना गरी यहाँका सबै बालबालिकाले पूर्ण रुपमा नियमित खोप पाएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको थियो।

सो अवसरमा लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीले प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्दै पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरे।

जिल्लाका जन्मेदेखि १५ महिनासम्मका एक हजार तीन सय बालबालिका र १६ देखि २३ महिनासम्मका ९३४ बालबालिकाले पूर्ण रुपमा खोप पाएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय रुकुम पूर्वले बताएको छ।

यसअघि जिल्लाका तीन वटै गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा भइसकेका छन् । तीन वटै पालिकापछि जिल्लालाई पनि पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय रुकुम पूर्वका प्रमुख गौरव ढकालले जानकारी दिए। यो जिल्ला पूर्ण खोप सुनिश्चित घोषणा भएसँगै लुम्बिनी प्रदेशका १२ वटै जिल्ला पूर्ण खोप सुनिश्चित भएका छन्।

यसअघि ११ वटै जिल्लाका सबै बालबालिकाले नियमित खोप पाएपछि पूर्ण खोप जिल्ला घोषणा गरिएको थियो । अब नेपालका ६२ जिल्ला पूर्ण खोप जिल्ला घोषणा भएका छन् । नेपाललाई पूर्ण खोप सुनिश्चित देश घोेषणा गर्ने प्रतिबद्धता अनुसार आजसम्ममा ६२ जिल्ला घोषणा गरिएको स्वास्थ्य सेवा विभागका खोप शाखाका वसन्तकुमार श्रेष्ठले जानकारी दिए।

उहाँका अनुसार देशका झन्डै ९० प्रतिशत पालिका पूर्ण खोप सुनिश्चित पालिका भएका छन् । बाल मृत्युदर कम गर्नका लागि २०६६ सालदेखि जन्मदेखि २३ महिनासम्मका बालबालिकालाई नियमति खोप लगाउन थालिएको उहाँले बताउनुभयो । खोप लगाउन थालेदेखि नेपालमा बाल मृत्युदरमा पनि निकै कमी आएको श्रेष्ठको भनाइ छ।

कार्यक्रममा पूर्ण खोप सुनिश्चित जिल्ला घोषणाका लागि सहयोग पु¥याउनुहुने विभिन्न व्यक्तिलाई प्रशंसापत्रद्वारा सम्मान गरिएको छ।रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *