सालको काठसहित पक्राउ
काठमाडौं । अवैध सालको काठ सहित जिल्ला प्रहरी कार्यालय स्याङ्जाले एक जनालाई पक्राउ गरेको छ ।
मिर्मितर्फ जाँदै गरेको लु ३ त ४२६७ नम्बरको ट्याक्टरबाट स्याङ्जा, कालीगण्डकी गाउँपालिका ७ बस्ने २८ वर्षीय चालक नरबहादुर मगर पक्राउ परेका हुन्।
इलाका प्रहरी कार्यालय जैपते स्याङ्जाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा ट्याक्टरबाट अवैध रुपमा सालको काठसहित सोही ट्याक्टर चालक मगरलाई मंगलबार राति १० बजे नियन्त्रणमा लिएको प्रहरी नायब उपरिक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए।
प्रहरीले कारवाहीका लागि ईलाका वन कार्यालयमा बुझाएको जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment