अर्थोपेडिक अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

डिसी नेपाल
१४ असोज २०७८ १९:११
36
Shares

काठमाडौं। नेपाल अर्थोपेडिक अस्पताललाई ट्रान्स हिमालयन फ्रेन्डसिप सोसाइटी नेपालले विभिन्न स्वास्थ्य सामग्री सहयोगस्वरुप प्रदान गरेको छ ।

सो सोसाइटीका अध्यक्ष प्रा डा राजीवकुमार झाले उक्त अस्पतालका मेडिकल निर्देशक डा युवराज खरेललाई तीन वटा अक्सिजन कन्सन्ट्रेटर, स्यानिटाइजर उत्पादन गर्ने र डिस्इन्फेक्सन गर्ने मेसिनलगायत स्वास्थ्य सामग्री उपलब्ध गराएका हुन् ।

सो सोइसाइटीका अध्यक्ष एवं चीनको सियान मेडिकल विश्वविद्यालयका प्राध्यापक डा झाले नेपालमा कोरोना भाइरसको प्रकोप बढेपछि उक्त सोसाइटीले नेपालका विभिन्न सङ्घसंस्था एवं अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेको बताउँदै गैरनाफामूलक संस्थाका रुपमा सेवा गर्दै आएको यस अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गर्न पाउँदा आफूलाई खुसी लागेको बताए ।

मेडिकल निर्देशक डा खरेल र उपनिर्देशक डा कैलाश भण्डारीले सो सोसाइटीलाई धन्यवाद ज्ञापन गर्दै नेपालमा कोरोना भाइरसको प्रकोप नहटिसकेका अवस्थामा उक्त सोसाइटीमार्फत प्राप्त यी महत्वपूर्ण स्वास्थ्य सामग्री यस अस्पतालका लागि अमूल्य सहयोग हो भने ।

यस अस्पतालले हाडजोर्नीसम्बन्धी प्रायः सबै खालको उपचार सेवा प्रदान गर्दै आएको छ । डा भण्डारीले नेपालमा हाडजोर्नीको समस्या भएका गरिब तथा असहाय नागरिकलाई च्यारिटीमार्फत सहयोग उपलब्ध गराउन एक सहायता कोषको स्थापना गर्न सकिएमा धेरैलाई सहायता पुग्ने धारणा राखे ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *