पर्यटन व्यवसायी सङ्गठन नेपालको अध्यक्षमा थापा

डिसी नेपाल
१५ असोज २०७८ १७:३५

काठमाडौं।  पर्यटन व्यवसायी सङ्गठन नेपालको अध्यक्षमा अञ्जन थापा (कुमार) चयन भएका छन्।

सङ्गठनको बिहीबार साँझ सम्पन्न प्रथम भेलाले थापाको अध्यक्षतामा ७५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का नेता मुकुन्द न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले उपाध्यक्षमा वीरेन्द्र अधिकारी, दामोदर ढकाल, गणेश रिमाल, अर्जुनलाल प्रधान, हरिभक्त श्रेष्ठ, धनबहादुर गुरुङ, तेञ्जिङ शेर्पा र रामकृष्ण तिमल्सिना चयन भएका हुन् । महासचिवमा बद्रीप्रसाद तिमल्सिना चयन भएका छन् ।

यस्तै, उपमहासचिवमा नवराज गौली र केशव धिताल, सचिवमा सुमन न्यौपाने, प्रदीप पण्डित, विष्णु बराकोटी, अच्युत गुरुङ, तिलक लोहनी र उत्तम कार्की चयन भएका छन् । कोषाध्यक्षमा नवराज थापा र सहकोषाध्यक्षमा सुनिल सिलवाल निर्वाचित भएका हुन् । नेकपा (एकीकृत समाजवादी) निकट पर्यटन व्यवसायीको छाता सङ्गठनका रुपमा रहेको सो सङ्गठनको भेलाले ५५ सदस्यसमेत चयन गरेको छ ।

कार्यक्रममा नेता न्यौपानेले कोरोना महामारीका कारण तहसनहस भएको पर्यटनलाई पुनःउत्थान गर्नका लागि नयाँ गठन भएको सङ्गठनले महत्वपूर्ण भूमिका खेल्ने बताए । पर्यटन क्षेत्रको विकासले देशको विकासमा टेवा पु¥याउने उनको भनाइ थियो ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *