दुई सङ्क्रमितको मृत्यु

डिसी नेपाल
१५ असोज २०७८ १८:०६

काठमाडौं। सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन बिधिबाट एक हजार तीन सय ६२ जनाको नमूना परीक्षण गर्दा २६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

पीसीआर बिधिमार्फत परीक्षण गरिएकामध्ये सेती प्रादेशिक अस्पतालमा दश, जिल्ला अस्पताल बैतडीमा पाँच, महाकाली र डडेल्धुरा अस्पतालमा दुईरदुई जनामा सङ्क्रमण पुष्टि भएको हो । त्यस्तै एन्टिजेन विधिमार्फत परीक्षण गरिएकामध्ये कञ्चनपुरमा पाँच र दार्चुलाका दुई जनामा सङ्क्रमण देखिएको हो ।

यस्तै सो अवधिमा प्रदेशभर २६ जनाले कोरोना सङ्क्रमणमुक्त भएका छन् भने सङ्क्रमणका कारण दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीका ९० र ७० वर्षीय पुरुष छन् । यसअघि बिहीबार यस प्रदेशमा ३५ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ भने ३९ जना सङ्क्रमणमुक्त भएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *