अफ्रिकामा ८३ लाखभन्दा बढी सङ्क्रमित

डिसी नेपाल
१५ असोज २०७८ २०:४६

काठमाडौँ । अफ्रिकामा पुष्टि गरिएको कोभिड–१९ सङ्क्रमितहरूको सङख्या शुक्रबारसम्ममा ८३ लाख एक हजार १६८ पुगेको अफ्रिका रोग नियन्त्रण तथा रोकथाम केन्द्रले (अफ्रिका सीडीसी) ले जानकारी गराएको छ ।

अफ्रिकी संघ (एयू) को विशेष स्वास्थ्य सेवा एजेन्सी, अफ्रिका सीडीसीका अनुसार महादेशभरि यस महामारीको कारण मर्नेहरूको सङ्ख्या दुई लाख ११ हजार ५३० पुगेको छ । यहाँ करिब ७६ लाख ५१ हजार ८०० कोभिड–१९ सङ्क्रमित बिरामीहरू निको भइसकेका छन् । दक्षिण अफ्रिका, मोरक्को, ट्युनिसिया र इथियोपिया महादेशमा सबैभन्दा धेरै कोभिड सङ्क्रमित भएका देशमध्ये पर्दछन् ।

सङ्क्रमणका हिसाबले दक्षिणी अफ्रिका सबैभन्दा बढी प्रभावित क्षेत्र हो । त्यसपछि महादेशको उत्तरी र पूर्वी भागहरू बढी प्रधावित बनेका छन् भने महादेशको मध्यक्षेत्र यस क्षेत्रको सबैभन्दा कम प्रभावित भाग हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *