व्यंग्य : बिडारी पुराण

डिसी नेपाल
१६ असोज २०७८ ८:०५

दैबै लागेपछि कस्को के लाग्दो रैछ र!

बिचरा कालेलाई दैबै लागेजस्तो भयो। अरबमा १० बर्ष कमाएको नखत र गरगहना लिएर जोई बेपत्ता भई। पहाडमा किनेको ४ रोपनी पैरोमा परो। तराईको १ बिगा खोलाले बगायो। ऊ दौडेर श्रीसम्पत्ति र सिरिमतीबारे बुझ्न नेपाल आयो। काठमाडौ उत्रियो।

अनि नाईट बस चढेर घरतिर लाग्यो। जाँदाजाँदै अचानक गाडी दुर्घटनामा परेर उसको खुट्टो ठनक्क भयो। एउटा आँखा पिचिक्क भयो। नाक प्रसादको जस्तो थियो, बहादुरको जस्तो भयो। छ महिनासम्म खुट्टो ठाडो पारेर बस्दा र नाक नाकी लगाएर प्रसादकै जस्तो बनाउदा बनाउदै, अरबको भिसाको म्याद गुज्रियो।

अनि उताको जागिर गयो। यताकी स्वास्नी गई। नाक उठेन। आँखा नक्कली हाल्नु परो। छोरीको पढाइ छुट्यो। छोरो ट्यापे भयो। अर्थात काले अरब जानु पुर्बकै हैसियतमा आयो। आईमिन ऊ सुकुम्बासी भयो। त्यसैले ऊ डिप्रेसनमा गयो।

ऊ डिप्रेसनमा गएपछि गाउँलेहरुले सकेजति गरे। ओखती मुलो, धामीझाँक्री, भुतप्रेत, मसान, बोक्सी डाक्टर वैध्य सबै गर्दा पनि काले निको हुन सकेन। ऊ झन झन डिप्रेसनको अध्यारो कुवामा भाँसिदै जान थाल्यो।

तर …….

तर हरेक अँध्यरोपछि उज्यालो भएजस्तै , औंशीपछि पुर्णे आएजस्तै, शिशिरपछि बसन्त आएजस्तै घटना उसको जिन्दगीमा घट्यो।
उसले अचानक एकदिन, टिभीमा रामनारायण बिडारीको भाषण सुन्यो।

डिप्रेसनमा गएपछि गोरेकी स्वास्नीले सकेजति गरी। पहिला सिंगापुर लगी। अनि थाइल्यान्ड लगी। केही नलागेपछि अमेरिकासम्म पुर्याई। नेपाल फर्काएर तातोपानी र गोसाइँकुण्ड लगी। तर कसैगर्दा पनि गोरेको डिप्रेसन निको हुन सकेन। डाक्टरले भाषणको प्रभाव १०० बर्ष रहने अनुमान गरेको गाइँगुइँ चलेको छ।

आहा ! खालको भाषण ! घिन्ताङ गरेर मादल बजेजस्तो संगीतमय भाषण ! घाँटीका नसा तन्काएर कट्टु बिग्रेलाजस्तो जोडदार भाषण !
अनि क्रमशः उसलाई संसारप्रति लगाब लाग्न थाल्यो। संसार सुन्दर, काब्यमय, संगीतमय, लयबद्द र मनोरंजनपूर्ण लाग्न थाल्यो।
अनि ऊ निको भयो ……

क्रमशःहुने बेलामा गोरु ब्याउछ भन्थे, हो रैछ।

गोरेको जिन्दगीमा गोठमा बाँधेको पाँग्रे गोरुहरु ब्याएर बाल्टीभरी दूध दिएजस्तै भयो। अरबमा १० बर्ष कमाएको नखत मिटर ब्याजमा लगाई दिएर बुढीले नखत नाथेको उरुङ लगाई दिई। उरुङबाट अलिकति नखत झिकेर काठमाडौमा चार आना घडेरी खरिद गरी।

आज दस लाख आनाको घडेरी पास गरेर घर नपुग्दै घडेरी बाटामै २० लाख आनाको भयो। पहाडमा किनेको ४ रोपनी बाँदर लड्ने भिर बिधुत प्राधिकरणले गाड्ने ट्रन्स्मिटर लाईनको भिमकाय टावर बनाउने ठाउँमा पर्न गयो। अर्थात गोरेको अर्को गोरु ब्यायो र मुआब्जा बापत गोरेकी स्वास्नीले १२ पाथी दूध दोहन गरी।

उता, तराईको १ बिगा जग्गा आयल निगमको डिपो बनाउन योग्य भूमिमा पर्न गयो। बिगाकै डेढ लाखमा किनेको थियो, गोरु ब्याएपछि कठ्ठाकै १५ लाखमा बिक्यो। तब गोरे अरब बसिरहने बाध्यताबाट मुक्त भयो।

ऊ दौडेर जिन्दगीको मजा लिन नेपाल आयो । काठमाडौ उत्रियो। आन्तरिक विमान चढेर घरतिर लाग्यो।

तर पनि गोरु ब्याउने सिलसिला रोकिएन। घर नपुग्दै अचानक पिलेनको प्रमोसनल टिकट किन्दा राखिएको कार उपहारस्वरूप उसैलाई परो। पिलेन कुर्दा कुर्दै भोक लागेर यसो वाईवाई चाउचाउ किनेर खादै थियो, त्यसमा भएको कुपनमा घरै उपहार पर्‍याे। यसरी घर पुग्दा नपुग्दै गोरे गोरुहरु ब्याएर करोडपति भयो।

त्यसपछि उसको जिन्दगी कहिले नगरकोट त कहिले पोखरा रमणमा बित्न थाल्यो। ऊ धुलिखेलका रिसोर्टमा ब्रेकफास्ट गरेर भेडेटारमा लन्च गर्न सक्ने भयो। डिनर खान पोखरा जान्थ्यो। छोराले १ करोडवाला मेडिकल कलेजमा “नाम निकाल्यो “। छोरीलाई अम्रिकामा बस्ने केटाले बिबाह गरेर लग्यो।

गोरेको जिन्दगीमा गोरुहरु ब्याइदिनाले सबै मस्त भयो। सबै ठिकठाक र सबै सेटल भयो।

बस अब गोरेले जिन्दगीको मजा पल्टाई पल्टाई लिने दिन आए।

तर …….

तर हरेक उज्यालोपछि अँध्यारो भएजस्तै, पुर्णेपछि औंसी आएजस्तै, बसन्तपछि शिशिर आएजस्तै घटना गोरेको जिन्दगीमा घट्यो।
उसले अचानक एकदिन, टिभीमा रामनारायण बिडारीको भाषण सुन्यो।

कर्कस तित्राको बैरी मुखबाट कानै टनन्न पार्ने खालको चर्को भाषण ! चट्याङ परेर एकछिन सबैथोक निशब्द भएर फेरि टिनको छानामा गुटुङ्टुङ असिना परेजस्तो आतंकपुर्ण भाषण। कतै मिना दिज्युले गीत गाएजस्तो भाषण त, कतै सन्नी दिदीले प्रीत लाएजस्तो भाषण!

घाँटीमा बल परेर बंगारा र रुद्रघन्टीसहित भाषणकर्ताको बर्नै फर्किएला कि जस्तो भयावह भाषण।

रामनारायणको भाषण सुनेर क्रमशः गोरेलाई संसार निस्सार जस्तो लाग्न थाल्यो। पारिजातकी सकम्बरीलाई जस्तै। उसलाई संसार कुरुप , कोलाहलमय ,झर्कोलाग्दो र अत्यासपुर्ण लाग्न थाल्यो।

अनि ऊ क्रमशः डिप्रेसनमा जान थाल्यो ……

ऊ डिप्रेसनमा गएपछि गोरेकी स्वास्नीले सकेजति गरी। पहिला सिंगापुर लगी। अनि थाइल्यान्ड लगी। केही नलागेपछि अमेरिकासम्म पुर्याई। नेपाल फर्काएर तातोपानी र गोसाइँकुण्ड लगी। तर कसैगर्दा पनि गोरेको डिप्रेसन निको हुन सकेन।

डाक्टरले भाषणको प्रभाव १०० बर्ष रहने अनुमान गरेको गाइँगुइँ चलेको छ ।
बिडारी पुराण इति।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *