हुम्लामा कांग्रेसको समानान्तर कमिटी गठन

डिसी नेपाल
१६ असोज २०७८ १२:२२

सुर्खेत । हुम्लाको प्रदेश निर्वाचन क्षेत्र (क)मा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले समान्तर कमिटी गठन गरेको छ। पौडेल समूहबाट प्रदेश (क) मा लोकेन्द्र भण्डारीको नेतृत्वमा समानान्तर कमिटी गठन भएको हो।

फर्जी मतदानको विषयमा कुनै सुनुवाइ नभएको भन्दै पौडेल समूहले गाउँ, वडा र जिल्लामा पनि समानान्तर कमिटी गठन गर्ने जनाएको छ।

मतदान अधिकृत राजबहादुर ऐडीले मनोमानी ढंगले निर्वाचन गरेपछि आफूहरुले समान्तर कमिटी बनाएको पूर्वसांसद रीता शाहीले बताइन्। ‘फर्जी मतदान गरेपछि हामीले समान्तर कमिटी बनाएका छौं,’ उनले भनिन्, ‘एकलौटी रुपमा चल्ने पार्टी हैन।’

हुम्ला जिल्ला पूर्वपर्यटनमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवनबहादुर शाहीको गृह जिल्ला पनि हो। कांग्रेसको सातौं जिल्ला अधिवेशनसमेत पौडेल समूहले बहिष्कार गरेको पूर्वसांसद रिता शाहीले बताइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *