बलिउड अभिनेत्री नेहा धुपियाले दोस्रो सन्तान जन्माइन्

डिसी नेपाल
१७ असोज २०७८ १५:५८

काठमाडौं। बलिउड अभिनेत्री नेहा धुपियाले दोस्रो सन्तानलाई जन्म दिएकी छिन् । नेहाले आइतबार बिहान छोरालाई जन्म दिएकी हुन् । यसको जानकारी उनका पति अंगद बेदीले दिएका छन् । अंगदले सामाजिक संजालमा गर्भवती अवस्थाकी नेहा र आफ्नो तस्वीर शेयर गर्दै यसको जानकारी दिएका हुन् । उनका अनुसार नेहा र छोरा दुवै स्वस्थ छन् ।

 

View this post on Instagram

 

A post shared by ANGAD BEDI (@angadbedi)

बच्चा जन्माउनुभन्दा केही घण्टा पहिले मात्र नेहाले आफ्नो बेबी बम्पसँगको तस्वीर शेयर गरेकी थिइन् । यो पोस्ट सार्वजनिक भएको २ घण्टामै अंगदले छोरा जन्मिएको घोषणा गरेका छन् । नेहा र अंगदले २०१८ मा बिहे गरेका थिए । बिहेको केही महिनापछि नेहाले छोरीलाई जन्म दिएकी थिइन् । यसको ३ वर्षपछि छोरा जन्मिएका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *