फेसबुककी पूर्वकर्मचारी भन्छिन्–फेसबुकले बालबालिका बिगार्यो , कंग्रेसले तत्काल हस्तछेप गर्नुपर्छ
न्युयोर्क । फेसबुकका वेबसाइट र एप्सले बालबालिकालाई हानि पुर्याउने र विभाजन बढाउने फेसबुककी एक पूर्वकर्मचारीले गुनासो गरेकी हुन्। फेसबुकमा प्रडक्ट म्यानेजरकी रूपमा काम गरेकी ३७ वर्षीया फ्रान्सिस हाउगनले यस्तो गुनासो गरेकी हुन्।
कमोजोरी थाहा हुँदा हुँदै पनि फेसबुकले यसबारे चासो नदिइँ नाफालाई प्राथमिकता दिइएको उनको भनाई छ। कम्पनीका गोप्य कुराहरू चुहाएपछि फेसबुकले हाउगनको आलोचना गर्दै उनीसँगै पर्याप्त ज्ञान नभएको टिप्पणी गरेको छ।
फेसबुकले आफ्ना सुरक्षा अवस्थाको बचाउसमेत गरेको छ। उनको भनाईपछि रिपब्लिकन र डेमोक्र्याट सांसद्ले फेसबुकमा परिवर्तन आवश्यक रहेको सुझाब बताएका छन्। फेसबुकमा सुधार अमेरिकी संसद् कंग्रेसले हस्तक्षेप गर्नुपर्ने उनको भनाई छ।
विश्वकै लोकप्रिय सामाजिक सञ्जाल फेसबुकका २ अर्ब ७० करोड सक्रिय प्रयोगकर्ता छन्। मेसेन्जर, ह्वाट्सएप र इन्स्टाग्रामजस्ता कम्पनीका अन्य उत्पादन पनि उत्तिकै लोकप्रिय छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment