कर्णाली प्रदेशका २७ सांसदले लिए दसैँभत्ता

डिसी नेपाल
२० असोज २०७८ १३:३९

सुर्खेत। कर्णाली प्रदेशसभाका २७ सांसदहरूले दसैँभत्ता लिएका छन्। कर्णाली प्रदेशसभाका सदस्यदेखि पदाधिकारीले दसैँभत्ता लिएका हुन्। कर्णाली प्रदेशसभाका २७ जना सांसद र उनीहरूका स्वकीय सचिव, सभामुख उनका सहयोगीहरूलाई एक महिना बराबरको दसैँभत्ता दिएको प्रदेशसभा सचिवालले जनाएको छ।

कर्णाली प्रदेशसभामा ३५ सांसद छन्। त्यसमध्ये आठजना मन्त्री भएकाले उनीहरूलाई दसैँभत्ता नदिएको प्रदेशसभा सचिवालयका लेखा अधिकृत यामबहादुर विसीले बताए।

प्रदेश सभा सभामुखले ५३ हजार, विपक्षी दलका नेता र उपसभामुखले ५० हजार, सत्ता पक्षका प्रमुख सचेतक, विपक्षी दलका प्रमुख सचेतक, विभिन्न समितिका अध्यक्ष लगायतले ४८ हजार तलब खादै आएका छन् । प्रदेश सभा सांसदहरूको ४५ हजार तलब छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *