साम्राज्ञी पनि अब व्यावसायिक म्युजिक भिडियोमा

डिसी नेपाल
२१ असोज २०७८ १२:५८
228
Shares

काठमाडाैँ। अभिनेत्री साम्राज्ञी आरएल शाह अभिनित म्युजिक भिडियो सार्वजानिक भएको छ। नेपाली फिल्ममा समेत कमै देखिने साम्राज्ञीले भिडियोमा तेस्रो पटक अभिनय गरेकी हुन्।

नट्टु शाहको गीत र आफ्नै आमा नेहा शाहको गीतको भिडियोमा देखापरेकी साम्राज्ञीले भिडियोकै लागि महँगो पारिश्रमिकसमेत लिएकी छिन्। डान्सिङ ट्रयाक ‘माया पिरेम’ मा अभिनय गरेबापत उनले करिब पाँच लाख रुपैयाँ लिएको चर्चा छ। यो उनको पहिलो व्यावसायिक म्युजिक भिडियो हो। उनी टिमको क्रिएसनले आफूलाई तान्ने गरेको बताउँछिन्।

ट्री इन्टरटेनमेन्टको निर्माण रहेको उक्त भिडिओमा साम्राज्ञीसहित एलिसा शर्मा, डेलविस र राजको समेत अभिनय छ । यो डान्सिङ ट्रयाकमा विश्व नेपाली र अस्मिता परियारले स्वर दिएका छन् ।

शंकर स्माइलको संगीत, डीपी खनालको शब्द रहेको गीतलाई भिडिओ निर्देशन माइकल चन्दले गरेका छन् । दिनेश दर्शनधारी र यशोधा राईले निर्माण गरेको भिडिओलाई ट्री इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *