नौ कलाकार सम्मानित

डिसी नेपाल
२१ असोज २०७८ २१:३९

काठमाडौँ । नायिका तथा निर्माता रेजिना उप्रेती र कलाकार बिमला केसीको दुई संस्थाले घटस्थापनाका दिन नेपाली चलचित्र क्षेत्रका ९ जना नायिकाहरुलाई सम्मान गरिएको छ ।

रेजिना इन्टरटेनमेन्ट प्राली र शहीद फिल्मस प्रालीले यहाँ आज आयोजना गरेको कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले वरिष्ठ अभिनेत्री चैत्यदेवी सिंह, लक्ष्मी गिरी, मौसमी मल्ल र शर्मिला मल्ललाई सम्मान गरिन् । त्यसैगरी मन्त्री भुसालले अभिनेत्री केकी अधिकारी, सुरक्षा पन्त, निता ढुङ्गाना, रामराज्यलक्ष्मी शाह र उपासनासिंह ठकुरीलाई पनि सम्मान गरिन् । सोही अवसरमा मन्त्री भुसालले समावेशिताका कारण राज्यका सबै क्षेत्रमा महिलाको सहभागिता बढ्दै गएको बताइन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *