गृहका सहसचिव र उपसचिव अनुगमन लागि कर्णालीमा

डिसी नेपाल
२२ असोज २०७८ १६:३३

काठमाडौं । नेपालीहरुको महान पर्व नजिकिएसँगै गृहमन्त्रालयले अनुगमन कार्य तीव्र गतिमा अगाडी बढाएको छ ।

गृह मन्त्रालयका सहसचिव पुष्पराज शाही र उपसचिव फणीन्द्र दाहाल नेतृत्वको अनुगमन टोलीले कर्णाली प्रदेशका विभिन्न जिल्लाको अनुगमनलाई जारी राखेको छ । यातायात, सुरक्षा, आपूर्ति, बजार व्यवस्थापनलगायतका सेवामा देखिएका समस्या र भएका अनियमितताबारे जानकारी लिई सेवालाई प्रभावकारी बनाउन अनुगमन थालिएको सहसचिव शाहीले जानकारी दिए।

मुगुको अनुगमन सकेर बिहीबार सुर्खेतको पनि सम्पन्न गरेको उनले बताए । गृहले चाडपर्वका समयमा नागरिकलाई सहज आवतजावत तथा किनमेल गर्ने र सुरक्षाको अनुभूति दिलाउने गरी देशैभरि अनुगमन गर्ने कार्ययोजना अनुरुप सहसचिव शाही र उपसचिव दाहाल कर्णाली कार्यक्षेत्र लिएर आएको जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *