कथा : भान्साघर – Dcnepal

कथा : भान्साघर

सोमको फोनमा ‘टिङ’ गर्‍यो। उठाएर हेर्‍यो। खानाको परिकारले भरिएको थालीको चित्र थियो। अनि सोफाबाट उठ्तै ‘दाइ, म आइहाले भनेर निस्क्यो। काठको टाँड घर। काठकै भर्‍याङ। ओर्लँदा एक शैलीको ध्वानि, चढ्दा अर्को किसिमको लय। आज पनि गाउँमा कयौं घर यस्तै थिए। नयाँ शैलीका घर पनि थपिँदै थिए।

डाइनिङ टेवलमा खाना लगाएर उसले भन्यो, ‘दाइ अब खाऊँ। हातले, काँटा–चम्चाले, हासीले (सिन्का) के ले सजिलो हुन्छ, त्यसै गरौं। हात धुने ठाउँ यता छ।’ पुरानो घर मान्छे हिँड्दा चल्दा बज्थ्यो, हल्लिन्थ्यो पनि। पुरानो सम्झना गराउँथ्यो।

हात धुन जाँदा झ्यालबाट दक्षिणतर्फ बारीको पुच्छारतर्फ हेरेर मंगलले भन्यो–‘सोम भाइ त्यहाँ त ठूलो सिमलको रुख थियो हैन? देवीथान पनि थियो। ध्वजा–पताका आज पनि मेरा आँखामा छन्। अलिक माथि बायाँतिर बडेमाको चिउरीको बोट पनि सम्झन्छु। वस्ती बढे पनि पानवारीमा बाँसघारी जोडिएकै रहेछ नि!

सोम मामाको छोरा र मंगल फुपूको। बारकै आधारमा यिनको नाम जुराएको थियो। यी एकै छिमलका बालसखा पनि हुन्– त्यसैले संवोधनमा औपचारिकता थियो–अरु प्रसंगमा दुबै मस्त थिए।

‘किन? घरमा पकाएर खान अल्छी लाग्यो? कि गेष्ट आउँदा बाहिरबाट खाना मगाउने चलन गरेको हो?’ मंगलले सोध्यो।  ‘हैन दाइ, धेरै कुरामा परिवर्तन आयो। त्यो पनि यति छिटो भनौं कि सिनकान्सेनको(ट्रेन) रफ्तारमा। तपाई न्यूज हेर्न भ्याउनु हुन्न कि कसो?

‘फेक न्यूज धेरै हुँदोरहेछ। म झन्डै बौलाएको। त्यसपछि न्यूज हेर्नै छोडिदिएँ। साथीहरुको सल्लाह पनि यस्तै थियो। त्यसपछि म दुई–चार आधिकारिक न्यूज एजेन्सीबाहेक अन्त जान्न। त्यसैले मलाई यहाँको धेरै कुरा थाह हुँदैन। राजनीतिको न्यूज दिक्क लाग्दो भो।

नागरिकको दुरावस्था बारे मिडिया बोल्दैन, किनकि त्यहाँ नेताको दायित्व जोडिन आउँछ, ऊ त्यो चाहँदैन सायद।

‘हो भोभीका लागि मात्र नागरिक चाहिन्छ राजनीति गर्नेलाई।’ अनि कर असुल गर्न। नत्र राजनीतिलाई न नागरिक चाहिन्छ, न मुलुकको सीमा थाम्नु छ। नीतिगतरुपले राज्यको कोष दोहन गर्न पाएकै छ। किन चाहिन्छ नागरिकलाई उठाउने दायित्व?’

‘के हो यो भोभी?’

‘सोमले परिहासमा भन्यो’–भोट र भीड। राजनीति गर्न यति दुई कुरा भए पुग्छ यो माटोमा। भोभी हाम्रो सांकेतिक शब्द हो नि। हाम्रो टीमले र जमातले बुझ्छ। लिखितममा होइन, वकितममा चल्ती छ।’

‘हो भोभीका लागि मात्र नागरिक चाहिन्छ राजनीति गर्नेलाई।’ अनि कर असुल गर्न। नत्र राजनीतिलाई न नागरिक चाहिन्छ, न मुलुकको सीमा थाम्नु छ। नीतिगतरुपले राज्यको कोष दोहन गर्न पाएकै छ। किन चाहिन्छ नागरिकलाई उठाउने दायित्व?’

खाने कुरालाई लक्ष्य गरेर उसले अर्को सन्दर्भ जोड्दै भन्यो –‘यहाँ सामुदायिक भान्साघर छ। त्यसैबाट खाना आएको हो। यसमा आन्तरिक व्यवस्थापनमा–श्रमिकहरुको वितरणमा एउटा प्रणालीको विकास गरेका छौं।’

‘त्यो कसरी?’

‘समय तालिका छ। आफ्नो समयमा आएर त्यो टीमले सामान तयार पार्छ, पकाउछ, त्यही रमाउँछ, डेलीभरी पनि दिन्छ, सरसफाई पनि गर्छ। एउटा अर्का टोली पनि छ जसले जाँच पड्ताल र मूल्याङ्कन गर्छ।’ सोमले फेरि थप्यो, जे होस, खानमा शुद्धता र पवित्रता भेट्नु हुन्छ। केटाकेटीहरु समयमा खाएर स्कुल जान्छन्। जाँदा खाना पनि लिएर जान्छन्। अरु समय मिलाएर पुग्छन्।’

‘खाना डेलीभरी गरिन्छ?’

‘हैन, खास र अशक्तहरुका घरमा पुग्छ, शिपिङ र टीपको चुक्ता आफ्नैतर्फबाट हुन्छ। कि विल आउछ कि क्रेडिट कार्ड उपयोग हुन्छ। खानाको रकम भर्नु पर्दैन। निःशुल्क छ। स्कूलका विद्यार्थी र ६० वर्ष माथिकालाई माछा–मासुको पैसा लाग्दैन।

धनीमानी, ठूला बडा हुँ भन्नेहरु पनि त आउलान नि मेसमा हैन? ‘पहिले आउँदैन थे अहिले आउन थाले। घरमा मगाएर खाए सुरुसुरुमा पछि विस्तारै आउन थाले। घरमा नोकर चाकर राख्नेहरु आउँदैनन। तर भोजन सामग्री दिएर भान्साघरलाई टेवा दिन्छन्। यस्तो भान्साघर ठाउँठाउँमा संचालन गरिएका छन्–खाने मौका र दिने मौका खुला छ । जे उपलब्ध हुन्छ, त्यही पाक्छ। त्यसैले मेनु फेरिन्छ, लेखिन्छ।

‘मलाई जान्ने रहर भो सोम जाति, वर्ग, लिंग, धर्म, सानो ठूलो, दलित, घृणित, छुत, अछुत, सीमान्तक कालान्तक भनेर भेद र विद्वेषको असर परेन?

यस्तो अविचार त राजनीतिक दुष्कर्मीको वैशाखी हो । अब नागरिकले बुझिसके। अघि मैले भनिन? सबै समुदायका जवानहरु पाकशालामा उपस्थित भएर भोजन तयार गर्छन्– तालिकाअनुसार।

कतै कुनै दुराग्रह, पूर्वाग्रह, असन्तोष, हीनताबोध उच्चताबोध वा शक्ति प्रदर्शन त्यहाँ हुँदैन। किनकि यो दान पनि हैन, सेवा पनि हैन, व्यापार हो मात्र व्यापार!

भान्साघरका स्टाफले टोपी। मुखदानी लगाएका छन्। खान जानेले कसैलाई चिन्दैन र चिन्ने यत्न पनि गर्दैन। साच्चै भन्ने हो भने– जातिपाति र छुवाछुतको सोच भान्साघरले मेटिदिएको छ। यस अर्थमा यो पुरस्कृत हुन सक्छ।

तर चिया, कफी र नास्ताको शुल्क हामी तिर्छौ किनभने–दुध, चिनी, पानी, ऊर्जा हामी किन्छौं। सामुदायिक भवनको अर्को भागमा त्यस्ता स्टल छन्। त्यसैले तीस प्रतिशत मूल्यमा चिया–कफी उपलब्ध गराइन्छ। ठाउँ र श्रमको मूल्य चुकाउनु पर्दैन।

भान्साघर चलाउन त ठूलो बजेट चाहिएला नि। कसरी जोगाउ हुन्छ।

‘हो, नेपालीहरु भोकमरीले भकाभक मर्न थालेका बेला केही उपकारी व्यक्तिले सडकमा, गल्लीमा, चौरमा टुँडिखेलमा–भोजन गराएका थिएनन् र। तर सरकार र नगरपतिले विरोध गरे, रोके, थुने, तर्साए। विदेशमा पुगेका सहृदयीले यसमा योग पुर्याएका थिए। सरकार स्वयं डाका र नपुंसक भए पनि नागरिक त्यस्तो कठोर थिएन। भोका जनतालाई ख्वाएरै बचायो । यो घटना इतिहासले छल्न सक्दैन।’

एनआरएन भन्ने एउटा संस्था छ नि, त्यसैको आयोजना र सक्रियतामा परिचालित यो एउटा अत्यन्त सानु र उपयोगी एकाइ हो भान्सा घर। यहाँ कसैले कसैलाई निःशुल्क खाना दिँदैन। न बस्तु, न ठाउँ, न श्रम प्रत्येकको मूल्य छ। बस, बाटो केही नागबेली जस्तो लाग्छ। त्यत्ति हो। किन्तु अन्नपानीको ज्यान, सामान्य नागरिकले ठूलो राहत अनुभव गरेका छन्। देश बाहिर पुगेका नेपालीलाई धन्यवाद भन्नुपर्छ।

भान्सा घरको परिसरमा दुईटा बैठक कक्ष पनि छन्। सभा बैठक हुँदा चमेनाको व्यवस्था पनि गर्छ–भान्सा घरले। किन्तु चमेना लगायत श्रम, सफाई, कक्ष फर्निचर र ऊर्जा प्रत्येक कुराको शुल्क लिन्छ। त्यसले पनि भान्सा संस्कृति सुव्यस्थित ढंगले विकसित हुँदैछ। जे होस यस भेगमा अब कुनै व्यक्ति भोकले मर्ने छैन।

एनआरएन बारे मैले सुनेको छु। विदेशमा पुगेका नेपालीहरुको माथिल्लो संस्था हो क्यार। अहिले देश बाहिर बसेका नेपालीहरुको नेपालभित्रको सेवा र सुविधाका लागि निरन्तर पहल गर्ने र राज्यसँग खुला संवाद गर्ने अधिकारिक निकाय यही हो क्यार।’ मंगलले संक्षिप्त बोल्यो।

‘हो उनीहरुसँग योजना पनि छ, दृष्टि पनि छ र व्यवस्थापन क्षमता पनि छ तर नेपालमा सत्ताधारी र व्यूरोक्रेटसँग बसेर छलफल गर्न सके यहाँ लगानी भित्र्याउन सकिन्छ। आशा गरौं। यो माटो नेताले राजनीतिले पराधीन पारेन भने हाम्रो जीवनमा समृद्धि छाउने छ, नत्र नेपाली हराउने छ। म त यस्तै दुःस्वप्न देख्न थालेको छु । फेरि मंगलले सोध्यो–‘त्यसो भए एनआरएनले राम्रै सहयोग गरेको छ भन्नु पर्‍यो हैन त?’

‘जी, कृषिमा लगानी गरेको छ। यहाँ चाहिँ कृषि उत्पादन अर्थात् अन्नबाली, तरकारी खेती र घरेलु चौपायालाई महत्व दिएको छ। कृषकको/कामदारको मन राखेर उत्पादकको मूल्य दिन्छ र त्यसैबाट भान्सा घरलाई चाहिने जति दिएर आफै बजार व्यवस्थापन गर्छ। फेरि अर्गानिक उत्पादन हुनाले ग्राहक पनि बढेका छन्, माग पनि बढेको छ । अर्को कुरा ताजा। फ्रेस वस्तुको डेलिभरी हुन्छ। त्यसैले डेरीवाला पनि रमाएका छन्। र, भन्नै पर्छ एनआरएनको फिल्ड व्यवस्थापन मात्र होइन बजार व्यवस्थापन सन्तुलित छ।

‘अनि भान्साघरलाई कसरी उपलब्ध हुन्छ त भोजनका वस्तु?’

‘त्यो त एनआरएनको बजार व्यवस्थापन एकाइ कृषकहरुबाट किनेर पहिले भान्साघरका लागि छुट्याउँछ, अनि मात्र बजारतर्फ ढुवानी गर्छ। प्रतिदिन चाहिने साग सब्जी दुध– हो त्यो सजिलै उपलब्ध गराउँछ। आजसम्म असजिलो भएको छैन। फेरि भोजन गर्न जानेले आफ्नो गच्छेअनुसार केही न केही लिएरै जान्छन ताजा तरकारी। त्यसमा टिप्पणी र असन्तोष रहँदैन।

एकछिन रोकिएर सोमले थप्यो–‘जे छ, जो मिल्छ त्यो खाएर निस्कन्छन्।’

‘यो त वडो खुसीको विषय हो। एनआरएनले राम्रो सहयोग गरेछ। धन्यवाद छ भाइ मेरोतर्फबाट।’

एउटा कुरा भनौं दाइ? नेपालका नेपालीले भन्दा बाहिर गएका नेपालीले देशको माया गर्छन नि! थाहा छ हजुरलाई? किनभने उनीहरु आफ्नो जन्मभूमिलाई सिगार्न चाहन्छन्। पीडाग्रस्त देख्न चाहदैनन् । यदि ती यहाँ भएका भए देश लुटेर आफ्नो हात बिटुलो पार्ने थिए। कसले बलात्कार गरेन र देशमाथि? देख्नु भएन दल–बदल र पद–कलह। सत्तामुख भएको व्यक्ति मन्त्री हुन झर्दैछ। गजब होइन?’

भाइ, सोम मुलुक रह्यो भने न उन्नति गर्ने हो, आजको राजनीतिले मुलुकलाई नै फ्याक्न खोज्दै छ। तैपनि राम्रो होला भनेर आशा गरौं।’
‘दाइ, बिहानको खानाचाहिँ भान्सा घरमा गर्ने है।’

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो