वैदिकको प्रेमिल आकाश – Dcnepal

वैदिकको प्रेमिल आकाश

युवा पुस्ताका कविहरु तर्फ लेखन र साहित्यिक गतिविधिहरूमा अत्यधिक सक्रिय कविको नामहो वैदिक अत्री। आसाममा जन्मिएका उनको “प्रेमको आकाश” कवितासङ्ग्रहलाई ओरिएन्टल पब्लिकेशनले भर्खरै बजारमा ल्याएको छ।

मनको आकाशभित्र २४ वटा कविता रहेका छन्। प्रायः उस्तै कोटीका लाग्ने ती रचनामा बौद्धिकता भन्दा ज्यादा कोमल भावना नै फक्रिएका देखिन्छन्। उनका कविताले प्रेम रस उत्पन्न गराउँछन्। ती कवितामा समाज, शक्ति र सत्तासँगका प्रश्न पनि छन्। जीवन र जगतका फरक फरक आयाम छन् अनि सामाजिक यथार्थ र मिथकीय प्रयोग पनि।

कविता न तमसुकहो, न त खबर मात्रै। यो त स्वस्फूर्त उच्च रसात्मक अभिव्यक्ति भएकाले कवितालाई कुनै सीमा र परिधि भित्र बाँधेर राख्न सकिन्न। फरक यति हो, सबैले एउटै भाव भङ्गिमा कविता जन्माउँछन् भन्ने हुँदैन।

सबैका आ–आफ्नै लेख्ने शैली हुन्छन्। कविता श्रृजना भनेको पाठ घोकेर उत्तर लेखे जस्तो होइन। सिकाएर सिक्न पनि त सकिन्न कविता रचना गर्न। त्यसैले साहित्य विधाअन्तर्गत सबैभन्दा सुन्दर विधा नै कविता हो जस्तो लाग्छ। मलाई मन परेको ‘सत्ताहीन’ कविताभित्रको एक अंश यस प्रकार छ–
प्रेमको सत्ता हुँदैन

सत्यको अभाव पनि हुँदैन।

कहिले नफर्किने यात्रा तय गरेपछि

स्मृतिहरूले भिजाउँछन्

अन्तर मनका परेलीहरू।

कवि वैदिकअत्रीद्वारा रचित ‘कुमारी रात’ नामक गद्य कविता एक सरल र सुन्दर कविता हो। साहित्यका नवरसहरु मध्ये रसहरूको राजा मानिने श्रृङ्गार रस यस कवितामा पाइन्छ।

प्रस्तुत कविताको स्थायी भाव रति हो, जुन यौन चाहना र यौन उमङ्गको सुखद क्षण हो। यौन मानव जीवनको सौन्दर्य हो; उपहार हो र नैसर्गिक अधिकार हो। यहाँ कवि वैदिकले रातलाई विम्ब बनाएर एउटा प्रेमी र प्रेमिकाबीच हुने प्रणय लीलालाई सुन्दर ढङ्गले प्रस्तुत गरेका छन्। ‘कुमारी रात’कविताको एक अंश–

तिम्रा यौवन मय कुमारी रातमा

महाज्ञानी दिग्भ्रमित भएकै हो र

तपस्वी, यौवनको उन्मादमा भड्किएर

देउताले बाटो बिराउँदै विष पनि घोलेकै हो,

विश्वास गर्छु म त्यो दिन

एक अञ्जुली पिए पनि समुद्र नै पिएको थिएँ।

उनका कवितामा आकाश, जून, फूल, नदी, आदि जस्ता विम्बको बारम्बार प्रयोग भएको पाइन्छ। पहिलो कविता ‘प्रेमको आकाश’देखि अन्तिम ‘ममताकोपत्र’ सम्म पढेर ल्याउँदा आफ्नै किसिमको कथ्य, भाष्य र लयमा आधारित छोटा कविताहरू धेरै छन्। वैदिकले लेखेका कविताहरुले पाठकको मन सजिलै पगाल्न सक्तछन्।

त्यस्तै ‘नदी’ कवितामा उनले नदीलाई मानवीय जीवनसँग तुलना गरेका छन्। जसरी नदीको किनारै किनार पानी बग्छ त्यसरी नै जीवनका प्रत्येक पाइलामा सपना बगिरहन्छ। त्यै सपनाको कल्पना गर्दै, प्रेरित हुँदै गन्तव्यतर्फ मानव लम्किरहन्छ।

सपनाका लहरहरू कहिल्यै टुट्दैनन्, एउटा पूरा भएपछि अर्को सपनाका लागि ऊ तत्पर रहन्छ। त्यसैले त जीवनमा जति हन्डर खाए पनि मान्छे आफ्नो गन्तव्यतर्फ नरोकिकन लम्किरहन्छ नदी जस्तै –
नदीनिरन्तर बग्छ

नदीको पानीमा सिमाना हुँदैन

बन्देज हुँदैन

आकृति हुँदैन,

रङ्ग हुँदैन

परिधिहुँदैन

कानूनपनिहुँदैन र ऊ बग्छ…..
भन्नुस् त, के मान्छेका सपनाको कुनै सिमाना हुन्छ र ?

त्यस्तै गरेर ‘पन्नामा अक्षरका चुम्बनहरू’ कविता कसैको सम्झनामा बगेर लेखिएको एउटा सशक्त कविता हो। यो कविताको माध्यमद्वारा कविले आफ्नी प्रियसीलाई सम्झिरहेको अनुभूति हुन्छ।

जीवन, प्रकृति र सम्झना तीन तिरबाटै मिलाएर लेखिएको यो कविता हामी पाठकका आँखाले हेर्दा आफ्नै लागि मायालुले लेखिदिएको झल्को आउँछ र मन एकछिन कतै पर एकान्तमा हराउँछ।

जीवनको विस्तीर्ण मरूभूमिमा

भड्किएर कहिलेकाहीँ

गहिरा चुम्बनका उज्यालाहरु

फिर्ता मागुँझैं लाग्छ,

प्रेमको मोहोर लगाएर
अक्षरको मोहोरहरू एञ्जोलोसँगै जन्मिएका थिए।
उनका कवितालाई प्रसंसाको यतिलामो पुल नै किन हालिरहनु पर्ला र! ती आफैं जुरुक्क उठेर कुद्न थालि हाल्छन्, संवेदनशील पाठकीय भावनाको मैदानमा। उछिन् पाछिन् गर्दै आउने पाठक मनलाई पनि एकछिन छेउमै चुपचाप उभिन बाध्य गराउने कवि वैदिकको कविता ‘प्रेमको आकाश’को एक अनुच्छेद हजुरहरुको लागि।

जीवनका अनेकन तस्वीरहरु

गंगोत्रीको पवित्र गंगाजलमा

सँगै डुबुल्की खेलेर

भागवत् प्राप्तिका लागि

ध्यान मग्न भएर

गुम्बामा एकाकार परेलीको अँगालोमा

मन्त्र मुग्ध हुन्छन्।

कवि वैदिकआफू जस्तै सुन्दर कविता लेख्छन्। उनका कविताहरूमा सजिला विम्ब, प्रतीक र वाक्य संरचनाहरु छन् तर दुख्ने गरी च्याप्प मुटु समात्ने उनको बानीपो खराब, त्यसैले त उनका कुनै कुनै कविताले मुटुमा बेस्सरी गाँठो पार्छन्।

कुनै कविताले गाँजालागेझैँ झुम्म बनाउँछन्। जिन्दगीको आफ्नै आरोह र अवरोह छ। समयसँगै कति कुरा आउँछन् कति जान्छन्। त्यै भिडमा केहीनमेटिने छाप छोडेर मनको कुनै कुनामा, सम्झनाको कुनै चेपमा अड्केर बस्छन् । त्यस्तै कविता ‘ममताको पत्र’को एक अंश–

प्रियतिमीकहिले फर्किन्छौ

यो प्रतीक्षाको पलमा म जल्न सक्छु,

अधिर मन

मलाईपूर्ववत् भन्नु ल,

म माइधारदेखि धेरै पूर्व माइवेनीसम्म

तिम्रो प्रतीक्षा गरौंला।

स्रष्टाले आफूले भोगेको वाअनुभूत गरेको विषयमै कविताको बान्कीतिखारिन्छ। कवि वैदिकपनि यस्तै भावभङ्गीमा डुबेका छन्। उनले यिनै पृष्ठभूमिमा जन्माएकाकवितामापाइने आकाश, क्षितिज र आफूले टेकेको धरतीको आभाषयहाँ पाइन्छ।

‘कुमारी रात’, ‘नीलो सपना’, ‘बाछिटाका रङ्गहरू’यसलाई समर्थन गर्ने अर्का कविताहुन सक्छन्। कतिपयकविताको आरम्भ गतिलो भएपनिअन्त्य सोहीअनुसार गहकिलो हुन सकेको छैन।

उनका कविताहरु दुई किसिमले प्रस्तुत भएको अनुभव गर्न सकिन्छ। पहिलो किसिमका कवितामा उनी विचारलाई प्रवल रुपमा राख्छन् भने दोस्रोमा सौन्दर्यलाई प्रधानता दिन्छन्। उनका कविताहरूमा सोच र सौन्दर्यको विशिष्ट समीकरण भएको पाइन्छ।

संख्यात्मक रुपमाकमकविता देखिएपनिकवि वैदिकसँग काव्यतत्वको राम्रो समझभएको कुरा उनका कविताले पुष्टि गर्छन्। फुटकर रूपमा प्रकाशित उनका कविताले अभिव्यक्ति सौन्दर्य र विचारको गम्भीरता दुवैलाई समानुपातिक रुपमा आत्मसात गरेको पाइन्छ।

अत्यन्तै संवेदनशीलभएर कवितालाई सरल, सहज र संप्रेषणिय बनाउनुका साथै प्रेमिलकविता रचनामा रमाउने कविले दुरुह र जटिल बन्ने अभिनयकुनै पनिकवितामा गरेका छैनन्। विम्ब र प्रतीकको विशिष्ट प्रयोग र सरल भाषा शैलीकाकारणले वैदिक नेपालीआधुनिककविताका राम्राकविहरुमा पर्छन् भन्दा फरक नपर्ला।

यसरी प्रेमको आकाशभित्र सङ्ग्रहितकविताहरू पढ्दा स्पष्ट रुपमा समकालीन नेपालीकविता प्रस्तुतिले सम्पूर्ण किसिमका स्वाङ् र ढर्राहरुलाई लत्याउँदै र सरलतालाई आफ्नो सहज रुप सहितउतारेको देखिन्छ।समग्रमाभन्नुपर्दा यो पुस्तककाकविताले पाठकलाई पक्कै आकर्षित गर्नेछ। अन्त्यमाः

ओप्रियकवि! तिमीलाईबधाई छ।

जीवनलाई हेर्नेतिम्रोनिश्चलनयन र

यो जगतलाई बुझ्ने

त्यो विशालहृदयलाई

शब्दको सुन्दर मालाउपहार।

जीवनको रङ्ग दलेर

कविता लेख्ने शक्ति

तिमीलाई सदैव मिलिरहोस्

मेरो हार्दिक शुभकामना।।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो